मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीको रक्तदान कार्यक्रम सम्पन्न

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीको रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,असोज ३।

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको  छ।

महानगर कमिटीले आश्विन २ गते( आज) बौद्धस्थीत कुशल पार्टी प्यालेसमा  बिहान ९ बजेदेखी ११ बजेसम्म चलेको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा काठमाडौं क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य कृष्णबहादुर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटी अध्यक्ष टिका पराजुलीले गरेका थिए ।

त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने,राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराई,बौद्धनाथ क्षेत्र विकास समिति अध्यक्ष चन्द्रमान लामा, नेकपा काठमाडौं जिल्ला कमिटी सदस्यद्धय  रामशरण ढुंगाना, बिरेन्द्र लामा लगायतको  उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।