संबिधान दिवसको अवसरमा बुढानिलकण्ठ- ७ मा रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,असोज ३ ।आरजु खड्का / कञ्चन खड्का / प्रनेल महर्जन
छैटौ संबिधान दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठ नगरकमिटिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा ४२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए।
बुढानिलकण्ठ वडा न.७ हातिगाैडा कम्प्लेक्समा भएको रक्तदानमा बागमती प्रदेसका प्रदेश सभा सदस्य तथा फाउन्डेसन काठमाडौंका अध्यक्ष दीपक निरौला , काठमाडौ जिल्ला कमिटी सचिबालय सदस्य बिदुर बिक्रम खड्का , बुनपा उप प्रमुख रमा राई , नेकपा बु.न.पा. नगर सचिव प्रदीप डंगोल , वु.न.पा. २ , ७ र ८ का वडा अध्यक्ष क्रमस राजेन्द्र खड्का , बस नारायण महर्जन र सुमन तामाङ , मदन भण्डारी फाउन्डेसनकाे जिल्ला कमिटी सदस्य गाेविन्द कट्टवाल र मदन भण्डारी फाउन्डेसन वुढानिलकणठ नगरकमिटिका सदस्यहरुकाे उपस्थिति रहेको थियो।
काेभिड १९ का कारण रगतको माग निकै भएको समाचारहरु प्रकाशित भईरहेकाे अवस्थामा रक्तदान कार्यक्रम आयाेजना गरिएको बताउदै बुढानिलकण्ठ मदन भण्डारी फाउन्डेसन नगर कमिटीका अध्यक्ष कैलाश खड्काले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।
(आरजु खड्का / कञ्चन खड्का / प्रनेल महर्जन सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।