नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं भाद्र २९। नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ।स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो। उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन्।
लामाले आइतबार स्वाब दिएका थिए। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए। उनले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।
फोटो : सामाजिक संजाल
‘
तपाइँको प्रतिक्रिया ।