टोखा-२ मा १३ जनामा कोरोना संक्रमण पुष्टि, शान्ति सुरक्षा उपसमितिको विशेष छलफल
कपन अनलाइन
काठमाडौं ,भाद्र २८/ नविना श्रेष्ठ
टोखा नगरपालिका वडा नं २ मा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना सङ्क्रमित बढेपछि टोखा नगरपालिका वडा नं-२ शान्ति सुरक्षा उपसमितिलको विशेष छलफल वैठक बसेको छ। शान्ति सुरक्षा उपसमितिलका संयोजक हेरकाजी डंगोलको संयोजत्वमा वडा अध्यक्ष दिपक राज जोशी र सदस्यहरूको विशेष उपस्थितिमा तपसिलका सदस्यहरूको पनि उपस्थितिमा बैठक बसेको थियो ।
कोरोना सङ्क्रमित सम्बन्धमा र किराना पसल र अन्य पसल सम्बन्धमा टोखा नगरपालिका वडा नं २ मा स्थायी बसोबास गर्ने र तकारी तथा किराना पसल व्यापारीहरु गरी जम्मा ९५ जनाको PCR टेस्ट गर्दा अहिले सम्मको रिपोर्ट आएकोमा टोखा नगरपालिका वडा नं २ मा १२ जना पोजेटिभ र वडा नं -३ मा १ जना लाई पोजेटिभ देखिएको छ।
कोरोना सङ्क्रमित सबैलाई आइसोलेसन वाडको व्यवस्थापन गर्ने र निजको परिवार, आफन्तजनको कन्ट्याक ट्रेडिङको आधारमा स्वाब संकलन गर्ने समेत बैठकमा निर्णय गरिएको शान्ति सुरक्षा उपसमितिका संयोजक हेराकाजी डंगोलले जानकारी दिएका छन ।
आजको बसेको बैठकमा विशेष छलफल गर्दा टोखा नगरपालिका वडा नं-२मा सम्पूर्ण किराना, तरकारी तथा अन्य पसलहरुको PCR टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आउनेहरूलाई पसलहरू अर्को निर्णय नआए सम्म पसल बन्द गर्ने गरिएको छ।
वडा नं २ मा रहेको सम्पूर्ण पसल, व्यवसाय गर्ने व्यवसायीहरु लाई अनिवार्य PCR टेस्ट गर्ने गराउने समेट निर्णय भएको शान्ति सुरक्षा उपसमितिका संयोजक डंगोलले जानकारी दिएका छन ।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )