महिलाको नामबाट फेसबुक खोलेर ठगी गर्ने पक्राउ

महिलाको नामबाट फेसबुक खोलेर ठगी गर्ने पक्राउ

कपन अनलाइन

काठमाडौं ,भाद्र २८।

सामाजिक संजाल Facebook मा Google बाट महिलाको आकर्षक फोटो तानी महिलाको नामबाट Facebook ID खोली साथी बनाई ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलाली मोहन्याल गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २७ को धन बहादुर शाहीलाई काठमाडौं महानगरपालिका  वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरिएको हो ।

शाहीले  उक्त ID बाट कुराकानी गरी लोभ, प्रलोभनमा पारी प्रपञ्च मिलाई माया जालमा पारी बिभिन्न अश्लिल फोटोको माध्यमबाट पिडितलाई रकम IME  गर्न लगाउने र रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु भनी पटक-पटक ब्ल्याकमेलिङ गरेर ठगी गर्दै आएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।