सडक निर्माणमा ठेकेदारले लापरबाही गरेको भन्दै गोकर्णेश्वर ३ गाम्चाका स्थानीय आक्रोशित

कपन अनलाइन

काठमाडौं, भाद्र २३ । उपत्यका काठ  चक्रपथको महत्वपूर्ण खण्डका रुपमा रहेको गोकर्णेश्वर नगरपालिका वडा नं ३  जगडोल गाम्चामा ठेकेदारले लापरबाही गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।सो सडक खण्डको नाला र वाल निर्माणको क्रममा ठेकेदारले  लापरवाही  गरेको र सोइलिंग नै नगरि माथि बाट कमसल ढलान गरेको भन्दै आज स्थानीयले बिरोध गरेका हुन् ।

गोकर्णेश्वर नगरपालिका  वडानं ३ का  अध्यक्ष  राजेन्द्र कुमार भण्डारीलाइ ठेकेदारको लापरवाही र गुणस्तरहीन काम भइरहेको बारे जानकारी गराए पश्चात  उनि  आज फिल्ड निरीक्षणमा आएका थिए। फिल्ड निरीक्षण पश्चात उनले तत्कालको लागि काम रोक्न निर्देशन दिएका थिए ।ठेकेदारले आँखामा छारो हाल्ने गरि  काम गरेको  स्थानीयको गुनासो रहेको थियो ।

इट्टाको सोइलिंग पश्चात ढलान हुनु पर्नेमा सोइलिंग नै नगरि ढलान गरिएको स्थान स्थानीयले खनेर वडा अध्यक्षलाइ देखाएका थिए । त्यसै गरि  वाल निर्माणमा पनि कमसल सामग्री प्रयोग गरिएको उनीहरुको आरोप रहेको थियो ।वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले तत्कालको लागि काम रोक्न निर्देशन दिदै सम्बन्धित सरोकारवाला र ठेकेदार बीचको छलफल पश्चात मात्र काम अघि बढाइने बताए ।

तपाइँको प्रतिक्रिया ।