जव स्वास्थ्य सामाग्री लिएर संक्रमितहरुको घरमा पुगे बुढानिलकण्ठ -१२ का जनप्रतिनिधि
कपन अनलाइन
काठमाडौं ,भाद्र २०।
बुढानिलकण्ठ नगरपालिकाले अहिले नगरपालिकामा रहेका संक्रमितहरुको घर घरमा नै पुगेर स्वास्थ्य सामाग्री र प्रोत्साहन भत्ता वितरण गरिरहेको छ। नगर कार्यपालिकाको निर्णय अनुसार हरेक वडाका जनप्रतिनिधिहरुले सामाग्री र भत्ता सहित संक्रमितहरुको मनोवल बढाउन र आपतकालीन सहयोग उपलव्ध गराउने कामलाई तीव्रता दिएका छन।
यसै क्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले पनि वडामा रहेका संक्रमितहरुको घरमा नै पुगेर स्वास्थ्य सामाग्री प्रदान गर्नुका साथै उनीहरुले भोगेका समस्या र थप गर्नु पर्ने सहयोगका वारेमा छलफल गरेका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,नगर कार्यपालिका सदस्य शान्ता ढकाल ,वडा सदस्य पुरुषोत्तम नेपाल ,डिल्ली प्रसाद खतिवडा ,मिना बयलकोटी ,नेकापा बुढानिलकण्ठ -१२ का अध्यक्ष माधव भट्टराई , नेपाली कांग्रेस वडा नं १२ का इकाई उपसभापति सुनीत चालिसे र स्वास्थ्यकर्मी सहित संक्रमितको घरमा पुगेको टोलीले विभिन्न किसिमका परामर्श प्रदान गर्नुका साथै अन्य सहयोगका विषयमा पनि छलफल गरेको थियो ।
कोरोना प्रकोपको विषम परिस्थितिमा निकै कठिन समय बिताई रहेका संक्रमितहरुले आफ्नो आँगनमा जनप्रतिनिधि देख्दा निकै खुसि व्यक्त गर्दै उनीहरुले ल्याएको सहयोग भन्दा पनि त्यहाँ भएको उपस्थितिले निकै ठुलो हौशला दिएको अनुभव सुनाएका थिए ।
बुढानिलकण्ठ नगरपालिकाले सन्तुलित र पौष्टिक भोजनका लागी दिइने खर्च अनुरुप परिवारमा १ जना मात्र संक्रमित भएकोलाई रु ४००० , एकजना भन्दा बेसी संक्रमित भएको परिवारलाई एकमुष्ट रु ६००० र संक्रमितको सहयोगीलाई २००० दिने व्यवस्था गरेको छ ।