कोरोना प्रकोप नियन्त्रणका लागि टोखा नगरपालिका वडा नं २ मा स्वयंसेवक परिचालन

कोरोना प्रकोप नियन्त्रणका लागि टोखा नगरपालिका वडा नं २ मा स्वयंसेवक परिचालन

कपन अनलाइन

काठमाडौं ,भाद्र २० /नविना श्रेष्ठ

टोखा नगरपालिका वडा नं २ मा  शान्ति सुरक्षा उपसमितिका गठन गरि स्वयंसेवक परिचालन गरिएको छ। टोखा नगरपालिका वडा नं २ का   वडाअध्यक्ष दिपकराज जोशी
शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोल, उप संयोजक नारायण दास श्रेष्ठ, सदस्य पञ्च कुमारी श्रेष्ठ, प्रेमकृष्ण खड्गी र भगवती क्लबका पूर्वअध्यक्ष राजकाजी श्रेष्ठ, क्लवका अध्यक्ष मदनलाल श्रेष्ठ लगायतको उपस्थितिमा   संयुक्त  बैठक बसी टोखाबासीहरुलाई सुरक्षित राख्न चोक-चोकमा र मठ-मन्दिरहरू, टोल- टोलमा कोलोरोङ भक्सिङ भाइरस औषधि छर्कनको लागि २० जनाको  स्वयंसेवक समुह गठन गरिएको छ ।

स्वयंसेवक युवाहरु वडा २ मा  शान्ति सुरक्षा उपसमितिबाट स्वयंसेवकका रुपमा सक्रिय  युवाहरूलाई आत्मबल बढाउन र भोलिका दिनमा भइपरी कसैलाई भाइरस पोजेटिभ देखि हालेमा नेपाल सरकारले दिएको सुविधालाई मध्यनजर गरी कोरोना बीमा गरिएको अध्यक्ष दीपक राज जोशीले बताएका छन ।

कोरोना भाइरस कोभिड -१९ संक्रमित सुरुदेखि नै टोखामा जति पनि सेवामा खटिने स्वयंसेवक युवाहरु नै हो र अध्यक्ष आफू पनि स्वयंसेवक भएकोले पहिलो प्राथमिकतामा युवाहरुलाई आफुले राखेको बताउदै उहाले समुदायसंग बढी सम्पर्कमा रहने सहकारी, खाद्यान्न पसलहरू, स्वयंसेवकमा खटिएका युवाहरु ,जनप्रतिनिधिहरुलाई अबको आइतबारबाट PCR टेस्ट सुरु गर्ने टाेखा २ का वडाध्यक्ष दिपकराज जोशीले जानकारी दिएका छन ।

आइसोलेसन सेन्टर वडा २ मा भएकोले टोखाबासीलाई जोखिम भएको कारणले चोकचोकमा स्वयंसेवकहरु अहिलेलाई २० जना परिचालन गरेको र भोलिको दिनमा आवश्यक परेमा खण्डमा १०० जना सम्म स्वयंसेवक परिचालन गर्न पनि पछि नपर्ने वडाध्यक्ष जोशीले बताएका छन ।

शान्ति सुरक्षा उपसमितिले २०७६ चैत ११ गते देखि स्वयंसेवकमा खटिएका टोखामा रहेका क्लबहरु भगवती क्लव, जनचेतना, न्हुज: पुस्तकालय, बालविकास क्लब, टोखाली ब्वाइज क्लब, नेपा:युवा क्लब ,चण्डेश्वरी क्लब , सपनतिर्थ क्लब,भिल्लि टोल विकास संस्था गरी १० क्लब र संघसंस्थाले आफ्नो ठाउँबाट स्वयंसेवक युवाहरु एक साथ परिचालन भइ सेवामा खटिएको थियो।

पाँच  वटा समुहमा विभाजन गरि  स्वयंसेवक युवा खटिएको र एकदिन बिराएर संक्रमण हुनबाट टोखाबासिलाई सुरक्षा दिन कोलोरोङ छर्कने बताउदै शान्ति सुरक्षा उपसमिति अध्यक्षले रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु र संक्रमित भेटी हालेमा कसैलाई घृणा गर्ने होइन अझ रोगीलाई आत्मबल ,प्रेरणा, हौसला, दियो भने औषधिले भन्दा चाँडै निको हुने रोग भएको बताउदै सम्पूर्ण स्वयंसेवक युवाहरु सबैलाई शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोलले धन्यवाद दिएका छन ।

(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।