पर्वतिय खेलकुद महासंघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न

पर्वतिय खेलकुद महासंघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं ,भाद्र १९।
Nature, Adventure and Culture सम्बन्धि खेलकुद मार्फत Nature, Adventure and Culture को विकास गर्ने लक्ष्य सहित क्रियासिल माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपाल केन्द्रीय  कार्यसमितिको बैठक हिजो जुम  मार्फत सम्पन्न भएको छ।
बैठकले चालु आ.व. का प्रस्तावित कार्ययोजनाको चुनौतिहरुको समिक्षा, आर्थिक प्रतिबेदन र नवीकरण लगायतका कार्यका जिम्मेवारी तथा सदस्य संघहरुको विकास सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, विश्व पर्यटन दिवसको उपलक्ष्यमा (२६ सेप्टेम्बरमा)“दिगो पर्यटनका लागि खेलकुद विषयक अन्तराष्ट्रिय वेबिनार”को आयोजना गर्ने, योजना आयोग र यूवा तथा खेलकुद मन्त्रालयसंग खेलकुद र पर्यटन तथा खेलकुद र दिगो विकास लक्ष्यसंग सम्बन्धित वर्कशप/अन्तर्कृया आयोजना गर्ने तथा बागमती प्रदेश खेलकुद परिषद संगको सहकार्यमा पर्यटकीय र शाहसिक खेलकुद सम्बन्धि अध्ययन प्रतिबेदन तयार गर्ने जस्ता निर्णय गरिएको छ ।

बैठकले परम्परागत खेलको अध्ययन र प्रतियोगिताहरु अगाडी बढाउने र खेलकुद, पर्यटन, संस्कृति, वातावरण तथा महिला र यूवा शसक्तिकरण जस्ता क्षेत्रका सरकारी, गैरसरकारी संघसंस्था/निकायहरुसंग सहकार्यको प्रस्ताव तयार गर्ने समेत निर्णय गरेको छ ।
त्यसै गरि महासंघको कार्यालय अन्तराष्ट्रिय खेलकुद परिसर हाताको पुरानै स्थानमा संचालन गर्ने, प्रादेशिक महासंघको कार्य अगाडी बढाउने र त्यसको लागि महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिईएको छ। साथै, सम्बन्धित केहि राष्ट्रिय/अन्तराष्ट्रिय महासंघ/अभियानमा आवद्ध हुने,दिगो पर्यटन र विकासका लागि खेलकुद भन्ने थिममा प्रदेश र स्थानीय सरकार तथा सरोकारवालासंग सम्पर्क, सम्बन्ध र सहकार्य अगाडी बढाउने निर्णय गरेको  छ ।
परमपरागत, शाहसिक तथा पर्यटकीय खेल क्षेत्रलाई समेत समेटी केहि समय अगाडी जारि भएको खेलकुद सम्बन्धि ऐनले यस क्षेत्रमा केहि उत्साह थपिएको छ । जसको लागि यूवा तथा खेलकुद मन्त्रि प्रति आभार व्यक्त गर्दै तथा महासंघका अध्यक्ष र राखेपका नवनियुक्त सदस्य गोविन्द प्रसाद भट्टराईलाई बधाई दिदैँ बैठक सम्पन्न भएको थियो  ।

तपाइँको प्रतिक्रिया ।