सांसदहरुले कोरोना प्रकोप नियन्त्रण अभियानको स्थलगत अनुगमन गर्ने

सांसदहरुले कोरोना प्रकोप नियन्त्रण अभियानको स्थलगत अनुगमन गर्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र १८।

प्रतिनिधि सभाको  शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिको बैठक सम्पन्न भएको छ । शिक्षा तथा स्वास्थ्य समिति अन्तगर्त गठित उपसमितिका संयोजक  जीवनराम श्रेष्ठको अध्यक्ष ता मा बसेको  उक्त बठक भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकले कोरोना भाईरसको पि.सि.आर परिक्षण रिपोर्ट यथाशक्य छिटो सम्वन्धीत व्यक्तिलाई उपलव्ध गराउन निर्देशन दिइएकोमा हालसम्म खासै प्रगति नदेखिएको ठहर गरेको छ । संक्रमित व्यक्तिहरुको पहिचान गरी सम्वन्धित व्यक्तिलाई समुदायबाट अलग गरी आईसोलेशनमा राख्ने कार्यलाई व्यवस्थित गर्नु पर्ने भएका कारण पि.सिआर टेष्ट गराई सकेपछि परिणाम नआएसम्म आफ्नै घरमा स्वंयम क्वारेन्टीनमा बस्ने ब्यवस्था मिलाउने निर्णय गरेको छ ।

ल्याब टेष्टसंग सम्वन्धीत पदाधिकारीहरु र उद्योग बाणिज्य तथा आपूर्तिसंग सम्वन्धीत प्रतिनिधि, जनस्वास्थ्यका पदाधिकारीहरु, उपत्यकाका प्रम्ख जिल्ला अधिकारीहरु, उपत्यका नगरपालिका फोरमका प्रतिनिधिहरु, स्वास्थ्य परिषद लगायतका पदाधिकारीहरुसँग छलफल गरे पश्चात् स्थलत अनुगमनमा जाने निर्णय पनि उक्त बैठकले गरेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।