शंखरापुर नगरपालिकाको इन्द्रायणीमा आइसोलेसन केन्द्र तयार
कपन अनलाइन
काठमाडौं,भाद्र १६। शंखरापुर नगरपालिकाको इन्द्रायणीमा आइसोलेसन केन्द्र तयार भएको छ । सोमबार काठमाडौं जिल्लाका विभिन्न नगरपालिकामा रहेका आइसोलेसन केन्द्रहरुको अवस्थाका वारेमा सांसदहरुले निरीक्षण गरेका छन। काठमाडौंमा रहेका आइसोलेसन केन्द्रहरुको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई ,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगर पालिका इन्चार्ज जीवनराम श्रेष्ठ ,प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने र बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला र मणिराम फुयाल सहितको टोलीले शंखरापुर नगरपालिकामा संचालित आइसोलेसन केन्द्रको निरीक्षण गर्नुको साथै त्यहाको अवस्थाको बारेमा जानकारी लिएका थिए।
सांसदहरुको टोलीलाई शंखरापुर नगरपालिकाका नगरप्रमुख सुवर्ण श्रेष्ठले इन्द्रायणी स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा विस्तार गर्ने गरि काम अघि बढाउन लागिएको बताए। २८ रोपनीमा फैलिएको सो स्वास्थ्य चौकीमा हाल ११ शैया बाट शुरु गरिएको सो आइसोलेसन केन्द्रलाइ आवश्यकता अनुसार २५ शैया सम्म विस्तार गर्ने लक्ष्य लिएको पनि जानकारी गराए ।
त्यसै गरि संक्रमितको उपचारमा सहयोग पुगोस भनेर नगरपालिकाले पूर्ण मापदण्ड सहित शुस्मा मेमोरियल अस्पतालमा २० शैया र पिपुल्स अस्पतालमा ८ शैयाको आइसोलेसन केन्द्र स्थापना गरिएको पनि जानकारी गराए । उनले हाल सम्म नगरपालिका भित्र २० जना सक्रमित भेटिएको र त्यस मध्ये १७ जनाले कोरोना जितेर फर्किएको बाँकी ३ जना पनि निको हुने चरणमा रहेको जानकारी गराउदै कोरोना रोकथामको लागि नगरपालिकाले बिभिन्न कार्यक्रम गर्दै आएको सोहि अनुरुप संक्रमितहरुलाई ल्याउन लैजान एउटा कोरोना डेडीकेटेड एम्बुलेन्स समेत संचालनमा ल्याएको जानकारी गराए ।
हाल सम्म शंखरापुर नगरपालिकामा ६३५ जनाको पिसिआर परिक्षण गरिसकेको स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाईंले जानकारीदिएका छन् । शंखरापुर नगरपालिकाले कोरोना मुक्त नगर बनाउनको लागि प्रयास गरे पनि संक्रमित भेटिएको बताउदै कोरोना बाट त्रसित नभई आम नगर बासीलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।
उनले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको बताएका छन। उनले सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र निजको परिवारलाइ घृणाको दृष्टिले नहेरी माया स्नेह र सदभाब कायम राखी मनोबल उच्च पार्ने गतिबिधि समेत गर्न आग्रह गरेका छन ।
सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउनेजस्ता कुरामा झन् धेरै ध्यान दिनुपर्छ,” उनले भने ।, कोरोना रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न अत्यावश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन उनले अनुरोध गरेका छिन ।
https://youtu.be/fzKxyj_-6A4?t=4