बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमण मुक्त
कपन अनलाइन
काठमाडौं भाद्र १५। बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रमणमुक्त भएकी छिन् । उपसभामुख तामाङ र उनका छोरालाई साउन ३२ गते कोरोना भाईरस पोजेटिभ देखिएको थियो। उपसभामुख तामाङ र छोराको आइतबार साँझ रिपोर्ट नेगेटिभ आएको हो ।
उपसभामुख तामाङले कोरोना भाईरस संक्रमणबाट जोगिन आग्रह गर्दै लागि हालेमा चिन्तित नभई साामान्य रुपमा लिनुपर्ने सुझाव दिएकि छिन । उनले आत्मबल उच्च राख्नु पर्ने समेत सुझाब दिदै कोरोनालाइ परास्त गर्नको लागि आत्मबलको साथै बढी माया चाहिने रहेछ तिरस्कार होइन उनले भनिन ।
तपाइँको प्रतिक्रिया ।