Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/08/118588991_3122188601237218_6670431593000350729_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/08/118400019_10224026901724610_2685078317257175851_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/08/118350858_10224026895764461_1995016580780862237_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/08/118421123_10224026894604432_8225213148838250031_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

आइसोलेसन वार्ड निर्माणमा लायन्स सदस्यहरु सक्रिय

कपन अनलाइन

काठमाडौं भाद्र १५काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स सदस्यहरु आइसोलेसन निर्माणमा सक्रिय भएर जुटेका छन ।

राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वन भित्र रहेको भवन  आइसोलेसन केन्द्रको रुपमा  केहि दिन भित्र नै संचालन  गर्ने गरि लायन्स सदस्यहरु जुटेका हुन् । नेपालमा बढ्दो  कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका साथै संक्रमितहरुको उचित उपचारका लागि लाइन्स क्लब  इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ ले  गोकर्णेश्वर नगरपालिका संगको सहर्कायमा  ५० शैयाका आइसोलेसन वार्ड केहि दिन भित्रमा नै  संचालनमा  ल्याउने गरि तयारी थालेको  थियो।  हाल उक्त आइसोलेसन वार्ड संचालनको अन्तिम तयारीमा पुगेको छ   ।

हाललाई ५० शैयावाट शुरु गर्न लागिएको उक्त आइसोलेसन वार्ड लाई आवश्यकता अनुशार ७५ शैया सम्म विस्तार गर्न सकिने लायन्स क्लबका  डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले जानकारी गराए ।उक्त भवनमा लायन्स क्लबले  बेड सहित उपचारमा आवश्यक पर्ने उपकरण लगायतको सामग्री व्यवस्थापन गर्ने  कार्यमा जुटेको  थियो  ।समाजिक सेवामा सक्रिय रहेको लायन्स क्लबका सदस्यहरु  कोरोना कहरको बिचमा पनि  मानवीय सेवाको कार्यमा  निरन्तर जुटिरहेका  छन  ।

 उक्त भवनमा आवश्यक सामग्री व्यवस्थापनको लागि  लायन्स क्लब इन्टरनेसनल जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला,  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का बर्तमान डिस्ट्रिक गभर्नर लायन  टंक बहादुर श्रेष्ठ , पुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन  अन्नत प्रसाद भेटुवाल  ,पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी लगायत लायन्स लिडर तथा सदस्यहरु सक्रिय रहेका थिए।

उक्त कार्यका लागि गोकर्णेश्वर नगरपालिका र  लाइन्स क्लब  इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १  नेपाल बिच समन्वय गराउनका लागि लाइन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका  पास्ट प्रेसिडेन्ट लायन राज कृष्ण श्रेष्ठ र  लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीका प्रेसिडेन्ट तथा जोन चियरपर्सन गङ्गालाल श्रेष्ठ लगायतले    महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

उपत्यकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिए संगै आइसोलनको अभाबमा कोरोनाका बिरामीहरु घरमै रहेको बिभिन्न संचारमाध्यममा आएको बताउदै एस्तो जटिल समयमा कोरोना संक्रमितहरुलाई उपचारको लागि सहयोग होस् भनेर लायन्स क्लबले आइसोलेसन निर्माणको लागि पहल गरेको पुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन लायन अन्नत प्रसाद भेटुवाल बताए ।उक्त आइसोलेसनमा बसेका बिरामीहरुलाई दिनको चार पटक सम्मको खानको व्यवस्थापन समेत लायन्स क्लबले गर्ने पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदीले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।