तारकेश्वर नगरपालिका वडा नं १ को सामुदायिक अस्पतालमा ५० बेडको आइसोलेसन केन्द्र तयार
कपन अनलाइन
काठमाडौं ,भाद्र १४। मेनुका कार्की /सन्दिप श्रेष्ठ /सुजित पुडासैनी
काठमाडौं तारकेश्वर नगरपालिका १ सामुदायिक अस्पताल साङलामा ५० बेडको आएसुलेशन् केन्द्र तयार गरिएको छ ।
कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिनदिनै बढ्दै गएकोले नगरवासीको स्वस्थ सुरक्षाको लागि तयार पारिएको केन्द्रमा संक्रमितलाई स्वास्थ्य मापदण्ड अनुसारका सुविधा रहेको वडा नं १ का अध्यक्ष विदुर सापकोटाले बताएका छन।
अध्यक्ष विदुर सापकोटाले सो अस्पतालमा ८० बेड सम्मको आइसोलेसन बनाउन सकिने जानकारी दिदै हाल ५० बेड रहेको बताएका छन। तत्काल संक्रमित आएमा राख्न सकिने अवस्था रहेको बताउदै उनले दुई हल १४ बेड र बाँकी माटेस बेड राखिएको जानकारी दिएका छन।
(मेनुका कार्की /सन्दिप श्रेष्ठ /सुजित पुडासैनी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।