कोरोना प्रकोप विरुद्ध सचेत र संयम भएर लडन तारकेश्वर -८ का अध्यक्ष मनोज घिमिरेको अनुरोध
कपन अनलाइन
काठमाडौं ,भाद्र १४। मेनुका कार्की /सन्दिप श्रेष्ठ
कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिनदिनै बढ्दै गईरहेको अवस्थामा यसको न्युनिकरणका लागि जनता आफैं सचेत र संयम हुन तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष मनोज कुमार घिमिरेले वडा वासिमा आग्रह गरेका छन।
सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै घिमिरेले सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको बताए ।
उनले कोरोना संक्रमण जो कोहीलाई पनि हुन सक्ने हुँदा सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र उनको परिवारलाइ गलत दृष्टिले नहेर्न आग्रह गरेका छन्।
पटक पटक माइकिङ गरेर सचेत गराउँदा पनि मर्निङ वाक र एभनिङ वाक भन्दै हिँडेनेहरुलाई अहिले लापरवाही गर्ने समय नभएको भन्दै अध्यक्ष घिमिरेले सानो भूलले ठूलो समस्या पर्ने भएकोले पहिले आफैं सचेत बन्न र अरुलाई समेत सचेत गराउन आग्रह गरेका छन।
संक्रमण जो कसैलाई पनि हुने भएकोले सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने जस्ता कुरामा झन् धेरै ध्यान दिनु पर्ने भन्दै अध्यक्ष घिमिरेले कोरोना रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न अत्यावश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छन ।
हाल सम्म तारकेश्वर नगरपालिका ८ को कोरोना संक्रमित तीन स्थानमा सिल गरिएको र शंकास्पद देखिएका ब्यक्तिहरुलाई कन्त्रस त्रेसिन गरिएको छ ।
तारकेश्वर नगरपालिका ८ मा सक्रिय संख्या १० जना, निको भएको ४ जना रर होम आएसुलेशनमा ३ जना रहेको छ।
( मेनुका कार्की /सन्दिप श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )