चुनिखेलका घर घरमा मास्क वितरणमा नेकपा बुढानिलकण्ठ -१३
कपन अनलाइन
काठमाडौं ,भाद्र १३।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) वडा नं १३ कमिटीले चुनिखेलका प्रत्येक घरमा मास्क वितरण अभियान शुरु गरेको छ। कोरोना संक्रमणको प्रकोप बढे संगै वडावासीलाई सचेत रहन आग्रह गर्दै सामाजिक दुरी कायम गरेर मास्क वितरण गरिएको वडा नं १३ का अध्यक्ष टिकेस नारायण श्रेष्ठले बताएका छन।
चरणवद्ध रुपमा वडाका सबै घरमा सचेतना मुलक सन्देस सहित पुग्ने जानकारी दिदै अध्यक्ष श्रेष्ठले वडाले संचालन गरेको अभियानमा आफ्नो कमिटीको सक्रिय योगदान रहने बताएका छन।
यस क्रममा अध्यक्ष श्रेष्ठ सहित नेकपाका नेता कार्यकर्ताहरुले अत्यावस्यक काम बाहेक बाहिर हिडडुल नगर्न अनुरोध गर्दै आपतकालीन अवस्था परेमा सम्पर्क गर्नका लागि अनुरोध गरेका थिए।
तपाइँको प्रतिक्रिया ।