टोखा चंडेश्वरी स्वास्थ्य केन्द्रमा बागमती प्रदेसका मुख्यमन्त्री,अस्पताल बनाउने नगरपालिकाको प्रस्ताव

टोखा चंडेश्वरी स्वास्थ्य केन्द्रमा बागमती प्रदेसका मुख्यमन्त्री,अस्पताल बनाउने नगरपालिकाको प्रस्ताव

कपन अनलाइन

काठमाडौं ,भाद्र १३।

टोखा नगरपालिकाको  टोखा चंडेश्वरी स्वास्थ्य केन्द्रको बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेलले निरीक्षण गरेका छन। टोखा नगरपालिकाको कार्यपालिका बैठक बाट अस्पताल बनाउने निर्णय गरि प्रदेस सरकारलाई प्रस्ताव पेश गरे पछी उक्त केन्द्रको निरीक्षणमा मुख्यमन्त्री पौडेल पुगेका थिए।

तत्काल ५० आइसोलेसन बेड रहेको उक्त स्वास्थ्य केन्द्रमा सय भन्दा बढी बेड व्यवस्थापन गर्ने तयारीमा रहेको छ। केहि दिन अगी स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले निरीक्षण अनुगमन गर्दै विभिन्न सेवा विस्तार र थप गर्न सुझाव दिएका थिए।

उक्त सुझाव पश्चात आवस्यक तयारी शुरु गरेको नगरपालिकाले मुख्यमन्त्री पौडेल संग आवस्यक मापदण्ड सहितको अस्पताल निर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए।

टोखा चंडेश्वरी स्वास्थ्य केन्द्रको निरीक्षण पछी मुख्यमन्त्री पौडेलले उक्त स्वास्थ्य केन्द्रलाई अस्पतालमा विस्तार गर्नका लागि सहयोग गर्ने बताएका थिए।

उक्त निरीक्षणमा मुख्यमन्त्री पौडेल संगै प्रदेस सभा सदस्य दिपक निरौला ,टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी,उपप्रमुख ज्ञानमाया डंगोल ,प्रमुख प्रशाशकिय अधिकृत प्रदिप पौडेल , विभिन्न वडाका अध्यक्षहरु ,न्ह्युज पुस्तकालयका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।