तारकेश्वर नगरपालिका वडा नं ८ परिसर शिल
कपन अनलाइन
काठमाडौं, भाद्र १२ ।तारकेश्वर नगरपालिका वडा नं ८ परिसर शिल गरिएको वडा अध्यक्ष मनोज कुमार घिमिरेले जानकारी गराएका छन ।
उनले सार्वजनिक सुचना जारी गरि जानकारी गराएका हुन्। सो सुचनामा भनिएको छ , तारकेश्वर नगरपालिका वडा नं ८ मा कोभिड १९ बाट संक्रमित ब्यक्तिहरु भेटिएको र संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ब्यक्तिहरु पहिचान (कन्ट्रयाक्ट ट्रेसिंग) को कार्य स्वास्थ्य सम्बन्धि मापदण्ड/ नियम अनुसार मिति २०७७ भाद्र १२ गते देखि भाद्र १७ गते सम्म वडा कार्यलयमा हुने भएकोले उक्त अवधिम सम्म शिल गरिएको स्थान घर भित्र आवतजावत नगर्न समेत सुचनामा उल्लेख गरिएको छ । साथै सो सुचनाको अवज्ञा गरेमा संक्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कारवाही गरिने समेत सुचनामा उल्लेख गरिएको छ।
तपाइँको प्रतिक्रिया ।