डाक्टर तथा नर्स बसेको स्थानमा अवदेखी अवरोध नगर्ने बानेश्वरका स्थानीयको प्रतिवदत्ता

डाक्टर तथा नर्स बसेको स्थानमा अवदेखी अवरोध नगर्ने बानेश्वरका स्थानीयको प्रतिवदत्ता

कपन अनलाइन

काठमाडौं ,भाद्र ७।

बानेश्वरका डाक्टर तथा नर्स बसेको स्थानमा स्थानीयले कुनै अवरोध नगर्ने प्रतिवदत्ता व्यक्त गरेका छन।कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा अग्रमोर्चामा रहेर अहोरात्र खटेका डाक्टर तथा नर्स बसेको घरमा स्थानीयहरुले अवरोध पुर्याउने गरी विरोध गरेका थिए।

बानेश्वरको मिलनचोकमा निजामती अस्पतालका डाक्टर ,नर्स तथा कर्मचारी बसेको लर्ड बुद्द बोइज होस्टेल अगाडी हिजो स्थानीयहरुले विरोध गरेको समाचार र तस्विर आए संगै आज प्रदेस सभा सदस्य गणेश दत्त दुलालको उपस्थितिमा  भएको स्थानीय भैरव टोल सुधार समिति ,नेपाल प्रहरी सहित सरोकारवाला पक्षको भेलाले त्यहा रहेका स्वास्थ्य कर्मी हरुलाई कुनै पनि अवरोध नगर्ने निर्णय गरेको हो।

छलफल पश्चात काठमाडौं महानगरपालिका वडा नं ३१ ले जारी गरेको सुचना :

तपाइँको प्रतिक्रिया ।