गोकर्णेश्वर नगरपालिकाको सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं, भाद्र ७ । गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ ।नगर प्रमुख सन्तोष चालिसे द्वारा जारी गरेको उक्त सुचनाम कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम दिनानुदिन बढिरहेको सन्धर्भमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन जरुरि भएको हुँदा नगरबासीलाई निम्न बमोजिम गर्न गराउन अनुरोध गरिएको छ ।
१)मिति २०७७ साल भाद्र ३ गते देखि भाद्र १० गते सम्म जिल्ला प्रशासन कार्यलय काठमाडौं बाट निषेधाज्ञा जारी भएको अवस्था रहेको हुँदा सो अवधिमा सबै ब्यक्तिहरु आ आफ्नो घर भित्र सुरक्षित रुपमा बस्ने साथै अत्यावश्यक काम बाहेक घर बाहिर निस्कने र आवतजावत गर्ने लगायतका कार्यहरु नगर्ने ।
२) खाद्यान्न पसल, औषधी पसल लगायतका अत्यावश्यक बस्तु तथा सेवा प्रदान गर्ने पसल व्यवसाय बाहेकका अन्य सम्पूर्ण पसल व्यवसायहरु पूर्ण रुपमा बन्द गर्ने ।
३) खाद्यान्न पसलहरु प्रत्येक दिन बिहान ५ बजे देखि बिहान ९ बजे सम्म स्वास्थ्य सुरक्षाको भरपर्दो प्रवन्ध मिलाएर मात्र संचालन गर्ने ।
४ )सबैले संयमता र सावधानी अपनाऔं, आफु सुरक्षित रहौं,सुरक्स्खित रहन पाउने अरुको अधिकारको समेत सम्मान गर्न उक्त सुचनामा अनुरोध गरिएको छ ।