टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिड -१९ आइसोलेसन सेन्टर स्थापना

टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिड -१९ आइसोलेसन सेन्टर स्थापना

कपन अनलाइन

काठमाडौं ,भाद्र ६।

टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिड -१९ आइसोलेसन केन्द्र स्थापना गरिएको छ। टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले उक्त स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन सेन्टरको उद्घाटन गरेका हुन्।

टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलको अध्यक्षतामा भएको सो सेन्टर उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल,स्वास्थ्य शाखा प्रमुख रणलाल खुलाल ,वडा अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिति रहेको थियो।

कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई राख्नका लागि स्थापना गरिएको सो सेन्टरमा सम्पूर्ण आवस्यक सुविधाको व्यवस्थापन गरिएको जानकारी दिदै वडा नं २ का अध्यक्ष दिपक राज जोशीले स्वागत मन्तव्य राखेका थिए।

उक्त केन्द्रमा हाल १७ आइसोलेसन बेड  रहेको र आवस्यकता अनुसार थप्दै लैजान सकिने जानकारी दिदै उपप्रमुख ज्ञानमाया डंगोलले पहिलो चरणमा ३० वटा सम्मको आइसोलेसन बेड संचालन गर्ने तयारी गरिएको बताएकी छन।

 

 

तपाइँको प्रतिक्रिया ।