तारकेश्वर नगरपालिका वाड नं ७ र ८ सिमाना जरंखुका एक जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं ,भाद्र २ ।रन्जिता विस्वकर्मा/सन्दिप श्रेष्ठ.मेनुका कार्की
तारकेश्वर नगरपालिका वाड नं ७ र ८ सिमानामा पर्ने जरंखु नजिकै फलामको काम गर्ने एकजना पुरुषमा कोरोना संक्रमण देखिएको छ। नुवाकोटको तादि गाउँपलिका वाड नं ८ स्थायी ठेगाना रहेका उनको उमेर ३५ वर्ष रहेको छ।
साउन ३१ गते टिचिङ अस्पतालमा आफ्नो स्वाव परिक्षण गराएका उनको भाद्र १ गते रिपोर्ट आउँदा पोजेटिभ देखिएको हो। पोजेटिभ आएपछि टिचिङ अस्पताल अन्तर्गत गणेशमान भवनमा रहेकोे आइसोलेसमा राखिएको छ।
(रन्जिता विस्वकर्मा/सन्दिप श्रेष्ठ.मेनुका कार्की सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।