बुढानिलकण्ठ- ११को बाटो विस्तार सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं भाद्र १। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ले बाटो विस्तार सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष राजु अधिकारी द्वारा जारि गरिएको उक्त सुचनामा बुढानिलकण्ठ नगरपालिकाको नगर परिषद तथा बागमती प्रदेश बाट रकम विनियोजित भई आएको योजना अन्तरगत बुढानिलकण्ठ नगरपालिका वडा नं ११को वडा समितिको निर्णय अनुसार उल्लेखित बुँदाहरुलाइ ध्यानमा राखी बाटो बिस्तार तथा ढल निर्माण हुने व्यहोरा वडाबासी सबैको जानकारीको लागि सुचना जारी गरिएको जनाइएको छ ।
सो सुचनामा,
१) ह्याण्डबल देखि सगरमाथा चोक शान्तिगेट देखि (९ मिटर चौडा पेटी सहितको सडक)
२) पुरानो ढल झिकी नयाँ मापदण्ड अनुसारको ढल / सडक कालोपत्रे ढलान तथा बाटो विस्तार निर्णय कार्य ।
तपाइँको प्रतिक्रिया ।