टोखा नगरपालिका वडा नं ७ मा स्वयंसेवक समिति गठन
कपन अनलाइन
काठमाडौं ,साउन ३०/जय न्यौपाने
टोखा नगरपालिका वडा नं ७ मा कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउनका लागि १५ सदस्यीय स्वयंसेवक समिति गठन गरिएको छ।
उपत्यका मेयर फोरमले गरेको निर्णयका आधारमा वडा भित्र सुरक्षा तथा सेवामुलक कार्यहरु गर्नका लागि उक्त समिति गठन कार्यक्रममा टोखा नगरपालिका वडा नं ७ का अध्यक्ष नरोत्तम राना, कार्यपालीका सदस्य लीला भुजब,वडा सदस्य गोपी पाठक, स्वास्थ्य प्रमुख राधाकृष्ण श्रेष्ठ, तिलीङटार चौकी प्रमुख राजन ढुंगाना, स्थानीय प्रतिनिधि, वडा कर्मचारी सहित उर्मिला वि.क अनीता कुंवर, सविन श्रेष्ठ , प्रवीण मल्ल लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा बोल्दै वडा नं ७ का अध्यक्ष नरोत्तम रानाले कोभिड -१९ स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य प्रमुख बाट प्रतिवेदन पेश गराएर गृह मन्त्रालय र स्थानीय सरकारको सुचना निर्देशनलाई पालन गरी गराई थप सकृयता सहित सहयोग तत्काल पुर्याउन स्वयंसेवक समूह गठन गरिएको जानकारी दिएका छन।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस रोग समुदायमा थप फैलिन नदिनु पहिलो प्राथमिकता रहेको बताउदै अध्यक्ष रानाले वडावासीहरुलाई सचेत र संयमित रहन आग्रह गरेका थिए।
टोखा नगरपालिका वडा नं ७ धापासी वडामा आयोजित कार्यक्रममाबोल्दै सदस्य गोपी पाठकले सेवा भाव र सहकार्यले नै स्वस्थ्य समाजको निर्दिष्ट लक्ष्य पुरा हुने बिस्वास ब्यक्त गर्दै सहयोगका लागि अनुरोध गरेका थिए।
उक्त कार्यक्रममा हाल संम्म टोखामा संक्रमित संख्या ४७ जना पुगिसकेको जसमा ७४ % संक्रमित निको भएको र 26% उपचाररत रहेको जानकारी दिइएको थियो ।
उक्त कार्यक्रम मा स्वयंसेवक र कर्मचारी तत्काल परिचालन गरी प्रतेक घर- घर मा कोभिड 19 रोग न्यूनीकरण जनचेतना मुलक कार्यक्रम गरी तत्काल कार्यान्वयन गरिने प्रतिवादत्ता सहित निम्न निर्णय गरिएको थियो :
१.जनचेतना मुलक पर्चा,माक्स सेनिटाइजर बितरण गर्ने
२.स्वयंसेवक परिचालन गरी सडक पेटी ,ठेलागाडा पसल भिडभाड नियन्त्रण साथै ब्यबस्थापन गर्ने।
३.अव्यवस्थित सबारी साधन पार्किंग ब्यबस्थापन गर्ने गराउने।
४.अव्यवस्थित रूपमा सडक पेटीमा राखियको निर्माण सामग्री तुरून्त हटाउने ब्यबस्थापन गर्ने।
५.बाटो सडक पेटी सधै सफा व्यवस्थित गर्न पहल गर्ने।
६.अब्यवसथित रूपमा राखिएका साईनबोर्ड होडिङ्गबोड हटाउने।
७.बजार अनुगमन गरी अनीयमीताता गरेको पाइएमा स्थानीय निकायलाई तत्काल सुचना गर्ने
८.स्थानीय वडा स्वास्थ्य कर्मचारी प्रतिनिधि प्रहरी ,स्वयंसेवकहरू बिच समन्वय गरी आवश्यक सकृयतामा अगाडी बढ्ने भिडभाड हुन नदिने ।
९.नियन्त्रण र उच्च जोखिम छेत्र तत्काल पहिचान गर्ने।
१०.यस वडामा संन्चालन भएको मदिरा पसलहरूलाई व्यवस्थित ब्यबस्थापन पहल गर्ने।
११. कवाडी संकलन ब्यबस्थापन सेवा ठेलागाडा पसल जन्य अन्य व्यवसाय गतिविधि तत्कालको लागी नियन्त्रण पहल गर्ने।
१२.यस वडा भित्रका संम्पूर्ण लागु पदार्थ दुर्व्यसनि सम्बन्धी गतिविधि पहिचान गरी नियन्त्रणमा आवश्यक पहल गर्ने।
सो अवसरमा स्वयंसेवकहरूले पालन गर्नुपर्ने आचार संहिता प्रती प्रतिबध्द रही सेवा गर्ने क्रममा परिचयपत्र, मास्क, ड्रेस, सेनिटाइजर लगायतका थप आवश्यक सामग्री स्रोत व्यवस्था वडा कार्यालयले गर्ने निर्णय गरिएको उक्त कार्यक्रममाअध्यक्ष रानाले स्वयंसेवक समितिको कार्यक्रममा स्वास्थ्य कर्मचारी,प्रहरी , स्वयंसेवक र वडा जनप्रतिनिधिहरुको पुर्ण सकृयता निरन्तर रहने विस्वास व्यक्त गरेका थिए।
(जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )