राष्ट्रिय निकुन्जका कारण विकास निर्माणमा समस्या परेको छ : नगर प्रमुख सन्तोष चालिसे(गोकर्णेश्वर)

राष्ट्रिय निकुन्जका कारण विकास निर्माणमा समस्या परेको छ : नगर प्रमुख सन्तोष चालिसे(गोकर्णेश्वर)

कपन अनलाइन

काठमाडौं,श्रावण २८ । सम्रद्दीका लागि सामुदायिक बन, उत्पादन र उत्पादकत्व बृद्दिमा योगदान भन्ने मूल नाराको साथमा  बन तथा भू –संरक्षण बिभाग काठमाडौं डिभिजन बन कार्यालय काठमाडौंको आयोजना तथा यज्ञडोल जगडोल बन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिको व्यवस्थापनमा  सामुदायिक बन दिवसको अवसरमा राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक  यज्ञडोल जगडोल सामुदायिक बनमा बृक्षा रोपण कार्यक्रममा  बिशेष अतिथि को रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले   आफु सानै हुँदा देखि सो बनमा खेल्दै आएको बताए।

 उनले सो बनको संरक्षण आफूहरले संरक्षण नगरेको भए त्यसको हालत  कल्पना समेत गर्न नसकेको बताए । उनले सो बनको संरक्षणमा सबैलाई ढुक्क हुन अनुरोध गर्दै  सो क्षेत्रको ठुलो चासो भएको बताउदै सामुदायिक बनलाई पर्या पर्यटनको हिसाबले टुक्र्याउने काम  नराम्रो भए पनि पर्या पर्यटन  चाहि कहाँ गर्ने भनेर प्रश्न गरेका थिए। उनले गोकर्णेश्वर नगरपालिका भित्र रहेका जंगलहरु आरक्षण र निकुन्ज मा रहेको र एकातिर ६५० रोपनी बन संरक्षण  अन्तर्गत रहेको र अर्को ४ हजार रोपनी गोकर्ण जंगल नेपाल सरकार अन्तर्गत  ट्रस्ट अन्तर्गत रहेको  बताए ।उनले नगरपालिकामा पर्या पर्यटनको लागि करोडौ रुपैया छुट्टयाइएको जानकारी दिदै र सो सामुदायिक बन पर्यटनको लागि उपयुक्त क्षेत्र अन्त नभएको बताए ।आफु दैनिक बिहान मर्निग वाक आउदा कमसे कम ५ हजार जना बिहान मर्निग वाक आउने ठाउ त्यो मात्र भएको बताए ।चाबहिल बौद्ध देखि मार्निंग वाक आउने एउटा मात्र ठाउ भएको हुँदा उनीहरुको लागि पनि नगरपालिकाले बन्दोबस्तिका काम गर्नु पर्ने हुँदा त्यसलाई संरक्षित हिसाबले हुनुपर्ने,मा जोड दिएका  थिए ।

उनले सो सामुदायिक बन बाट दाउरा घास  कसैले नलैजाने  बताउदै सो सामुदायिक बनमा दुइ महिना भित्रमा  लायन्स क्लबले मात्र २५ सौ पटक वृक्षारोपण गरेको स्मरण गरेका थिए। वृक्षारोपण गर्ने अन्त ठाउ पनि नभएको  उनले सो क्षेत्रमा संरचना बनाउनको लागि रुख काटे पनि वृक्षारोपण कार्यलाई तिब्र पारेको पनि बताए ।स्थानीय सरकार छ ,त्यसले मात्र हेर्छ भनेर नहुने भन्दै

 उनले सो पार्क निर्माणको लागि एउटा मात्र पक्ष लागेर नहुने स्पष्ट पर्दै सुदर्शन सिग्देलले १५ वर्ष देखि लगातार  संरक्षण गर्दै आएकोमा धन्यवाद दिएका थिए। उनले अर्बौको  ५ वटा  साहायक पार्क बनाउने केन्द्रीय स्तर बाट  निर्णय भएको  जानकारी दिदै त्यसको अध्यक्ष आफु स्वयं भएको बताउदै ५ वटा सहायक पार्क बनिसके पछि सो ठाउको मुहार फेरिन्छ भन्ने बिश्वास ब्यक्त गरेका थिए ।

पर्यापर्यटन व्यवसायलाई वन उपभोक्ता समूहको वैकल्पिक आयस्रोतको रुपमा स्थापित गरी आम्दानी र रोजगारीका अवसर सहितको वातावरणमैत्री विकासमा योगदान पुर्‍याउनेछ  भन्ने बिश्वास ब्यक्त गर्दै वन क्षेत्रमा  थुप्रै  सम्भावना छन् ति सम्भावनालाई चुमेर स्थानीयले आयस्रोत बढाउने काम गर्न सक्छन् त्यसको लागि नगरले सबै संग मिलेर काम गर्ने पनि उनले शिवपुरीको टुप्पो मुनि  तामाङ बस्ति  रहेको र तामाङ समुदायले टुप्पोमा भुमि पुजा गर्न जाने आउने स्थान साँघुरो  रहेको हुँदा त्यसमा पर्यावरणलाइ कुनै असर नगरी एउटा भर्याङ सहितको सिंढी  बनाउ भन्दा पनि निकुन्ज का कारण पाइनरहेको  जानकारी गराए ।  उनले निकुन्जका कारण विकास निर्माणका काम अघि बढाउन नसकेको पनि बताए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।