दक्षिणकाली नगरपालिकाका केहि क्षेत्र बन्द ,हुमाने भन्ज्यांग बाट प्रवेशमा कडाई
कपन अनलाइन
काठमाडौं ,साउन २७।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतको अध्यक्षतामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण नगरस्तरीय समितिको बैठकले नगरपालिकाका केहि क्षेत्र बन्द तथा हुमाने भन्ज्यांग बाट प्रवेशमा कडाई गर्ने निर्णय गरेको छ।
त्यस्तै नगरपालिकाका वडा नं ५ ,६ र ७ का फर्पिंग बस पार्क ,दक्षिणकाली गेट ,महालक्ष्मी स्थान लगायतका कोरोना संक्रमणको जोखिम उच्च भएका स्थानमा घर बाहिर ननिस्कन स्थानीयहरुलाई अनुरोध गर्दै सो बैठकले अति आवस्यक परेमा मास्कको प्रयोग गरेर घर बाट एक जना मात्र बाहिर निस्कन अनुरोध गरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रण नगरस्तरीय समितिको निर्णय :
तपाइँको प्रतिक्रिया ।