शंखरापुर नगरपालिका शालीनदीमा बस्दै आएका बृद्द बृद्दाको उद्दार
कपन अनलाइन
काठमाडौं श्रावण २१। शंखरापुर नगरपालिका र महानगरीय प्रहरी प्रभाग र पहलमा शालिनदी परिसरको भीमसेन सत्तलपाटीमा वर्षौँदेखि बस्दै आएका बृद्द बृद्दालाइ उद्दार गरिएको छ ।धादिङ घर भएका ७० बर्षीय दलबहादुर नगरकोटी र उनकी ६० बर्षीय श्रीमती सुन्दरी नगरकोटीको उद्धार गरी मानव सेवा आश्रम ललितपुर पठाइएको हो ।
महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले भीमसेन सत्तल पुनर्निर्माण गर्न लागिएको र वृद्धा दम्पत्तिलाई अन्यत्र सार्न समेत कठिनाई भएको देखे पश्चात आफुले मानव सेवा आश्रमको साथ र सहयोग खोजेको बताउँदै यसरी सडकमा बसेकाहरुको उद्धार गर्न पाउँदा खुशी लागेको बताए ।
मानव सेवा आश्रमका धर्मप्रसाद पौडेलले वृद्धा दम्पत्तिलाई आफुहरुले सक्दो राम्रो व्यवस्थ गर्ने जानकारी गराउँदै आफ्नो आश्रम विदेशी दाताहरुबाट चलेको नभई पूर्णरुपमा नेपाली दाताहहरुकै भरमा रहेको बताए । उनले मानब सेवा आश्रमले मुलुकभर बाटकरिब ११ सय व्यक्तिहरुलाइ आश्रय दिएको बताउँदै दाताहरुको सहयोगमा यस्तो गर्न सकिएको जानकारी गराए । साथै उनले साँखुबासीहरुलाई पनि मानव सेवा आश्रमको भ्रमणको निम्ता गरेका थिए ।
सो उद्दार कार्यमा शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ, उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, नगर प्रवक्ता हितमान तामाङ लगायतको उपस्थिति रहेको थियो ।यस अघि नगरपालिकाले सालिनादी पुल मुनि बसिरहेका नगरकोटी दम्पतिको उद्दार गरि शालीनदीको भीमसेन पाटी सत्तलमा बस्नको लागि व्यवस्थापन गरेको थियो।