मेयरले नजानू भन्दा भन्दै हिडेका प्रमुख प्रशाशकिय अधिकृत नागढुंगामा पक्राउ
कपन अनलाइन
काठमाडौं ,साउन २१।
तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय अख्तियारको फन्दामा परेपछि मेयर घनश्याम पाण्डे चिन्तित बनेका छन् । पाण्डेले शुरुबाटै नगरलाई क्यासलेस बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपाउने भन्दै आएका थिए ।
तीन वर्ष भयो जनप्रतिनिधि निर्वाचित भएको ।
यो अवधिमा कुनै जनप्रतिनिधिले चेकको अनुहार देख्न पाएका छैनन् । तर, स्थानीय पालिकामा भ्रष्टाचार भएको गुनासो बढिरहेको छ । उपाध्याय तुलसीपुर उपमहानगरमा आएको धेरै भएको छैन ।
उनी काठमाडौं हिँड्नुभन्दा पहिले नगरप्रमुखसँग कुराकानी भएको र पाण्डेले शनिबार मात्रै जानुहोला भन्नुभएको रहेछ । तर, पाण्डे आउनुभन्दा पहिले नै उपाध्याय काठमाडौंतिर लागिदिए ।
तुलसीपुरबाट बिहान हिँडेका उनी अपराह्न काठमाडौं प्रवेशको नाका नागढुंगामा समातिए । अख्तियारको टोलीले एक लाख २४ हजार सात सय ५० नगद र १३ लाख २४ हजार ४६ रूपैयाँको भौचरसमेत गरी २४ लाख ४८ हजार सात सय ९६ बराबरको नगद र बैंक भौचर नियन्त्रणमा लिएको छ ।
उपाध्यायलाई बुटवलबाटै पिछा गरिएको अख्तियारले जनाएको छ । बैंक भौचर दाङ जिल्लाकै विभिन्न बैंकका शाखाबाट उपाध्यायको खातामा हालिएको छ । उपाध्यायले कोसँग पैसा लिए भन्ने खुलेको छैन । तुलसीपुर क्षेत्रमा भने नदीजन्य पदार्थ उत्खननमा संलग्न रहेकाहरूले नै रकम दिएको हुन सक्ने बताइन्छ । समाचार साभार : जनआस्था साप्ताहिक