तारेभिर आधारभूत बिद्यालय गोकर्णेश्वर ३ को नवनिर्मित भवन उद्घाटन
कपन अनलाइन
काठमाडौं श्रावण १७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित तारेभिर आधारभूत बिध्यालयको नव निर्मित भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका र छायाँ नेपालको आर्थिक सहयोगमा नवनिर्मित भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे, नगरपालिका शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य , छायाँ नेपाल संस्थाका कार्यकारी निर्देशक कमल थापा,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी , नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल , वडा सदस्य लक्ष्मी भण्डारी, वडा सदस्य शम्भु बिष्ट, वडा सदस्य निर्मला कामी,,नेकपा नगर अध्यक्ष उद्दब बिष्ट , नेकपा नेता गोकुल बिष्ट समाजसेवी हर्क तामाङ समाजसेबी किरण बिष्ट, बिध्यालयका प्रधानाध्यापक शिवहरी भण्डारी लगायत अभिभावक र स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य एबम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण गोले (लामा)ले गरेका थिए ।
राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक शिवहरी भण्डारीले स्वागत मन्तब्य सहित बिध्यालयले भोग्दै आएको समस्याको बारेमा जानकारी दिएका थिए ।करिब ८२लाख ५५ हजार २सय ९ रुपैयाको लागतमा छाया नेपाल र गोकर्णेश्वर नगरपालिका द्वारा नवनिर्मित भवनको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र छाया नेपालका कार्यकारी निर्देशक कपाल थापाले संयुक्त रुपमा रिवन काटी भवनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रशासकीय अधिकृत नरहरी घिमिरे शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, पुर्व गाबिस अध्यक्ष एबम नेकपा नगर अध्यक्ष उद्दब बिष्ट लगायतले शुभकामना मनतब्य सहित बिध्यालयको भवन निर्माणमा सहयोग पुर्याउने संघ संस्था तथा ब्यक्तिहरुलाई शुभकामना ब्यक्त गरेका थिए। बिद्यालयको भबन निर्माणमा छाया नपालले ८० प्रतिशत सम्म लागत साझेदारी गरेकोमा छाया नेपालले सरकारलेनगरपालिकाले गर्नु पर्ने काममा गरेको साझेदारीको प्रशंशा गरेका थिए।
कार्यक्रममा छाया नेपालको कार्यकरी निर्देशक कमल थापाले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै संस्थाले नगरपालिका संग गुणस्तर शिक्षा लगायत अन्य शैक्षिक कार्यक्रममा साझेदारीमा काम गर्न इच्छुक भएको बताएका थिए । उनले उक्त भवनको राम्रो संग उपयोग गर्न अनुरोध गर्दै सरकारी बिध्यालय बाट प्रदान गर्ने शिक्षाको गुणस्तरमा सुधार गर्नु आज को आवश्यकता रहेको भन्दै बिद्यालयको लागि छायाँ नेपाल संस्थाले सो बिध्यालयमा एक बर्षको लागि एक जना शिक्षक राखिदिने पनि बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै ६० वर्ष पुरानो तारेभिर आधारभूत बिध्यालयको बिगत २ वर्ष सम्म अघि सम्म पनि अवस्था बेहाल देखे पछि आफुलाइ दुख लागेको बताए ।
उनले ६० वर्ष पुरानो बिद्यालय जुन २०७२ सालको भूकम्पले गर्दा थप क्षत विक्षत भएको स्मरण गर्दै त्यति खेर घासी लगायतका संस्थाले सहयोगी भूमिका खेल्नको लागि नगरपालिका संग समन्वय गरे पनि बिचमै छोडेर जाने प्रबित्ति देखिएको बताए। स्थापना भएको ६ दशक बितिसक्दा पनि उल्लेख्य सुधार हुन नसकेको सो बिध्यालयमा ७२ सालको भूकम्पले झनै असर गरेको बताउदै नगर प्रमुख चालिसेले दुइ वर्ष अगाडी देखि नगरपालिकाले बिशेष चासो दिएर वर्तमान अवस्था सिर्जना गरेको धारणा ब्यक्त गरेका थिए ।भौगोलिक रुपमा बिकट स्थानमा रहेको बिद्यालयको भवन निर्माणमा सहयोग गर्ने छायाँ नेपाल संस्थालाई धन्यबाद दिदै नगर प्रमुख चालिसेले बिकट क्षेत्रमा मात्र काम गर्ने गरेको छाया नेपालले सो स्थानलाइ छनौट गरेको मा बिशेष धन्यवाद दिएका थिए।
भवन निर्माण मात्र पर्याप्त नभई तारेभिरमा गुणस्तरीय शिक्षा समेत आजको आवश्यकता रहेको बताउदै नगर प्रमुख चालिसेले गुणस्तरीय शिक्षाको लागि तारेभिरका बालबालिका तथा अभिभावक अन्त भौतारिनु नपर्ने अवस्था निर्माण गर्नुपर्ने मा जोड दिएका थिए। नगरपालिकाको भेगमा रहेको शिवपुरी पर्वत शृंखलामा पर्यटन पूर्वाधार बिकासका लागि बिशाल शिवको मुर्ति बनाउने योजना अगाडी बढेको जानकारी गराउदै प्रमुख चालिसेले निकुन्जका कारण खडा भएको बेवाधन हट्ने बित्तिकै निर्माणकार्यले गति लिने बताएका थिए।
सो क्षेत्रमा सहज आवागमनका लागि गोकर्ण र बुढानिलकण्ठ बाट सडक निर्माण भइरहेकोमा खुसि ब्यक्त गर्दै केहि वर्ष भित्रमानै आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईको गन्तब्य हुने ब्यक्त गरे ।तारेभिरलाइ पर्यटकीय क्षेत्र बनाउन जोरपाटीमा पर्यटकीय केन्द्र बनाउने घोषणा गर्दै सो क्षेत्रका स्थानीयहरुलाई भुइ स्याउ लगायतका कृषि ,होम स्टे, महिलाहरुलाई शिप तथा रोजगार विकास लगायतका कार्यक्रम संचालन गर्ने बताएका थिए ।
कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने संघ संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरिएको थियो अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य एबम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण गोले (लामा)ले उपस्थित सबैलाई धन्यबाद ब्यक्त गरेका थिए ।
फोटो :सरोज बस्नेत