विकास निर्माणमा स्थानीयको सहभागीता आवश्यक: राजिब थापा (वडा अध्यक्ष गोकर्णेश्वर ९)
कपन अनलाइन
काठमाडौं, श्रावण १६ ।काठमाडौं महानगरपालिका वडा नं ६ त्रिबेणी चोकमा रहेको सगरमाथा त्रिबेणी सामुदायिक संस्थाको सातौ बार्षिक साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। बिहिबार काठमाडौं महानगरपालिका वडा नं ६, बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सिमानामा रहेको उक्त संस्थाको साधारण सभामा बिशेष अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले आयोजकलाइ धन्यबाद दिदै विकास निर्माणमा स्थानीयको सहभागीता आवश्यक रहेको बताउदै जसले गर्दा जनतामा विकासप्रतिको अपनत्व सृजना हुने र काम पनि गुणस्तरीय हुने बताए।
उनले त्रिबेणी चोक काठमाडौं महानगर पालिका वडा नं ६ र गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सिमाना भए पनि गोकर्णेश्वर ९ ले ठुलो लगानी गरेको हुँदा जनताले मूल्यांकन गर्नु पर्ने बताए गोकर्णेश्वर नगरपालिका वडा नं ९ले विकास निर्माणको काममा लगानी गर्ने अन्य क्षेत्र हुँदा हुदै पनि सो क्षेत्रमा अझ बढी लगानी गरेको बताए। बागमती प्रदेशको बजेट आउदा पनि त्रिबेणी चोक क्षेत्रलाइ नै प्राथमिकतामा राखेर सडक लगायतको क्षेत्रमा बिनियोजन गरेको बताए। उनले अन्य क्षेत्र भन्दा सो क्षेत्रको भौगोलिक बिकटता त्यहाका जनताले बर्षौ देखि भोग्दै आएका कठिनाइलाइ लगायतको समस्या समाधान गर्नको लागि प्राथमिकतामा राखेको बताए।
उनले सो क्षेत्र हिजोको अवस्था बाट आजको दिन सम्म आइपुग्दै धेरै विकासका पूर्वाधार निर्माण भएको बताए उनले निर्वाचनको दौरान मत माग्न आउदाखेरिको अवस्था स्मरण गर्दै त्यतिबेला अति पिछडिएको क्षेत्र भनेर रेड जोनमा राखेर प्राथमिकताका साथ बिकास निर्माणका काम अघि बढाएको बताए। उनले रेड जोन भनेर दुइ अर्थमा छुट्टयाएको भन्दै एउटा बढी बजेट हाल्नु पर्छ भनेर र अर्को सोस्थान भू क्षय जोखिमको स्थान ,बुढानिलकण्ठ र गोकर्णेश्वरको सिमानामा रहेको खोला समेत कुनै बेला उर्लेर आउदा डुभान को समस्या, त्यस्तै आरुबारी क्षेत्र बाट पनि ढल यहि पनि मिसाइएको जसलाइ काटेर मेडिकल कलेजमा झारे पनि पछि मेलम्ची खानेपानि को लागि ठुलो ढल हाल्दा यहि ल्याउनु परेको हुँदा त्यसलाई रेड जोनमा राखेर बिषेश निगरानी, ध्यान दिएको बताए ।
उनले त्यहा भएका ढललाइ ठुलो बनाउने क्रममा पनि रहेको जानकारी गराए। उनले विकास निर्माणका काममा प्रत्येक वर्ष सो क्षेत्रमा समुदाय संग सर सल्लाह गरेर बजेट बिनियोजन गरिएको बताए। डुबानको समस्या हुँदा आकस्मिक रुपमा डेढ लाखको बजेट समेत छुट्टयाइए पनि बिबिध कारणले सो काम गर्न नभ्याएको बताए। उनले त्यस लगत्तै अहिले फेरी ८ लाख रुपैयाको नियमित बजेट बिनियोजन गरेको पनि बताए ।
उनले सो स्थानमा बनेको बाटो २६ फिटे बाटोलाई मिचिएर अलिकति तल झार्नु पर्ने बाटो तल नाझारिकन बाटो निर्माण गरिएको हुनाले काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष संग पनि कुरा राखेको भन्दै सो बाटोलाइ अलिकति तल झारेरमिलाउनको लागि हिजोका टोलसुधार समिति सहित स्थानीय संग छलफल गरि २६ फिटे बाटोमा कुनै पनि समस्या नरहने गरि काम गर्ने बताए ।
उनले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउदा खुसि लागेको बताउदै ज्येष्ठ नागरिक संग भएको लामो अनुभव, दक्षता र ज्ञानको अनुसरण गर्दै अघि बढ्नुपर्ने धारणा राखेका थिए। वृद्धवृद्धाको सम्मान र आदर गर्नुपर्ने तथा उनीहरुको जिउने अधिकारको रक्षा गर्नुपर्छ भन्ने चेतना अभिवृद्धिका साथ नयाापुस्तालाई त्यसबारे जागरुक बनाउन समेत आवश्यक रहेको बताए । ज्येष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै थापाले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने बताए । “त्यस्तो समाज अघि बढ्न पनि नसक्ने हुँदा ज्येष्ठ नागरिकको सम्मान गर्नु पर्ने बताए ।उनले वडाले पनि समय समयमा ज्येष्ठ नागरिकहरुका लागि धार्मिक भ्रमण लगायत बिभिन्न कार्यक्रम गर्दै आएको बताए ।