बुढानिलकण्ठ -८ स्पेसल चोकमा विशेष सुविधा सहित नेपाल कार्डियो डाइबेटिज सेन्टर संचालनमा आयो
कपन अनलाइन
काठमाडौं ,साउन १६।
बुढानिलकण्ठ -८ स्पेसल चोकमा विशेष सुविधा सहित नेपाल कार्डियो डाइबेटिज सेन्टर संचालनमा आएको छ। वडा नं ८ को मान बहादुर मार्गमा स्थापना भएको सो सेन्टरमा विभिन्न अस्पतालमा कार्यरत रहेका बरिस्ट डाक्टरहरुले सेवा प्रदान गर्ने सो सेन्टरमा मुटु ,मधुमेह ,मृगौला ,थाइराइड,पिशावको परिक्षण तथा उपचारको व्यवस्था रहेको सो सेन्टरले जानकारी दिएको छ।
हरेक सनिवार निशुल्क मुटु परिक्षण संचालन गर्दै आएको सो सेन्टरले विभिन्न रोगहरुको प्रभावकारी उपचारका लागि २५ सैयाको अस्पताल स्थापना गर्ने तयारीमा रहेको सेन्टरका प्रवन्ध निर्देशक शेर बहादुर रानाले बताएका छन।
उक्त सेन्टरमा विभिन्न रोगको उपचारमा लामो समय देखि सक्रिय रहेर अनुभव प्राप्त गरेका डाक्टरहरुको प्रत्येक्ष निगरानीमा नियमित परिक्षण लगायतका सेवा उपलव्ध गराउदै आएको जानकारी दिदै प्रवन्ध निर्देशक रानाले मुटु सम्बन्धि परिक्षणमा १५ प्रतिसत छुटको व्यवस्था गरेको जानकारी दिएका छन।
सेन्टरको थप जानकारीका लागि :