ज्येष्ठ नागरिक सम्मान सभ्य समाजको पहिचान हो : राजु अधिकारी (वडा अध्यक्ष बुढानिलकण्ठ ११ )
कपन अनलाइन
काठमाडौँ, श्रावण १५ ।काठमाडौं महानगरपालिका वडा नं ६ त्रिबेणी चोकमा रहेको सगरमाथा त्रिबेणी सामुदायिक संस्थाको सातौ बार्षिक साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। बिहिबार काठमाडौं महानगरपालिका वडा नं ६, बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सिमानामा रहेको उक्त संस्थाको साधारण सभामा बिशेष अतिथिको रुपमा बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले आयोजकलाइ धन्यबाद दिदै ज्येष्ठ नागरिक सम्मान गर्ने परम्परा सभ्य समाजको पहिचान भएको बताए । समाजमा उहाँहरूको सुझाव सल्लाहको खाँचो छ, जीवन जीउनका लागि उत्प्रेरणा दिन पनि वडाले ज्येष्ठ नागरिकलाइ सम्मान लगायतको कार्यक्रम गर्दै आएको उनले बताए। उनले भौतिक संरचनाको निर्माण गरेर मात्र विकास नहुँने भन्दै ज्येष्ठ नागरिकहरूलाई खुसी पार्नु समाजको विशेषता भएको बताए ।
टोल बस्तिमा भएका संघ सस्थाहरुले नै यस्ता क्रियाकलापहरु अगाडी बढाउने गरेको बताउदै यस्ता संस्थालाई हौसला प्रदान गर्नु पर्ने पनि बताए ।त्यसै अनुरुप सगरमाथा त्रिवेणी सामुदायिक संस्थाले पनि यस अवधि भित्र गरेका आर्थिक सामाजिक क्रियाकलापहरु संस्थाका प्रगति बिवरणबाट संस्थाका कोषाध्यक्ष,सचिब बाट थाहा पाएको बताउदै समुदायको सामुन्नेमा भएका कामहरु समुदायले पनि मूल्यांकन गर्ने बताए। सस्थाले गरेका कामहरु टोल बासिले पनि थाहा पाउनुपर्ने भन्दै संस्थाको कमि कमजोरीलाइ औल्यानुपर्ने बताए ताकी संस्थाले आगामी दिनमा सच्चेर अगाडी बढ्न सकुन भन्ने धारणा राखेका थिए।
उनले स्थानीयलाइ पनि संस्थाले गरेका सामाजिक ,विकास निर्माण लगायतको काममा निगरानी गर्नुपर्ने बताउदै जसले गर्दा काममा पारदर्शित र गुणस्तर पनि कायम हुने बिश्वास ब्यक्त गरेका थिए।उनले काठमाडौं महानगरपालिका गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको संगम स्थल पनि भएको हुँदा उक्त स्थानमा बसोबास गर्ने समुदायलाइ बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को तर्फ बाट त्यहा हुने विकास निर्माणका कामहरुको मूल्यांकन गर्न अनुरोध गर्दै विकास निर्माणमा कुनै पनि समस्या परेमा जानकारी गराउन पनि अनुरोध गरेका थिए ।उनले बिकास निर्माण लगायतका काममा नगरपालिका वडाको तर्फ बाट गर्न सक्ने सहयोग गर्ने बताए।