बागमती प्रदेसमा एकै दिन ३२ पुल उदघाटन

बागमती प्रदेसमा एकै दिन  ३२ पुल उदघाटन

कपन अनलाइन

हेटौडा ,साउन ८।

बागमती प्रदेश सरकारले आज एकै पटक ३२ वटा पुलको हेटौंडाबाट उद्घाटन् गरिएको छ । ३२ वटा पुलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलबाट उद्घाटन् गरेका हुन्  ।

चालु आर्थिक वर्षमा अरु एक सय वटा पुल निर्माण सक्ने तयारी  गरिएको बागमती प्रदेस सरकारले जानकारी दिएको छ  । संघीय सरकारबाट प्रदेशलाई हस्तान्तरण भएका र पहिले नै काम सुरु गरेका धेरैजसो पुलको आज उद्घाटन् गरिएको हो ।

प्रदेश सरकार निर्माण भएपछी सवै भन्दा ठुलो विकासका काम सकेका मध्यमा आज ३२ वटा पुल उद्घाटन् गर्नेकामलाई महत्वपुर्ण उपलव्धीका मान्मदै कवानपुरको कैलास गाउँपालिकामा रहेको दुवोखोला पुल सहित  प्रदेशका विभीन्न जिल्लामा रहेका ३२ वटा पुलको एकैसाथ उद्घाटन् गरिएको छ ।

पुल उद्घाटन पछि बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले आफ्नो कामलाई निरन्तर अघि बढाईराखेको बताएका थिए ।उनले अब प्रदेशले गरको कामको नतिजाहरु देखिन थालेको समेत वताउँदै प्रदेश सरकारले के गर्न सक्यो र भन्नेहरुको लागि यति छोटो समयमा पनि यति धेरै योजना निर्माण गर्न सकिनेरैछ भनेर प्रदेशले देखाएको धारणा राखेका थिए ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले प्रदेशका कुनैपनि क्षेत्रलाई विकट क्षेत्रको रुपमा नछोडिने बताउदै प्रचुर सम्भावनाले घेरिएर रहेको तर सडक सञ्जालका हिसाबले मात्र पछाडि परेको विभिन्न क्षेत्रलाई प्रदेशको सुविधासम्पन्न, पर्यटकीय तथा आकर्षक स्थलको रुपमा विकास गर्न बागमती प्रदेस सरकारले प्राथमिकता दिने जानकारी गराएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।