विपी स्मृति दिवसको अवसरमा गिरिजा प्रसाद कोइराला शान्ति पार्कमा वृक्षारोपण तथा सरसफाई
कपन अनलाइन
काठमाडौं ,साउन ६।
विपी स्मृति दिवसको अवसरमा गिरिजा प्रसाद कोइराला शान्ति पार्क बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा वृक्षारोपण तथा सरसफाई गरिएको छ।
गिरिजा प्रसाद कोइराला राष्ट्रिय शान्ति पार्क ब्यवस्थापन समिति र सामुदायिक बनको आयोजनामा भएको सो वृक्षारोपण कार्यक्रममा वडा सदस्य राजेन्द्र श्रेष्ठ,समितिका पदाधिकारी तथा सदस्यहरु सहित नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। उक्र पार्क तथा सामुदायिक बन क्षेत्रमा रहेका फोहोर संकलन गर्नुका साथै विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो
तपाइँको प्रतिक्रिया ।