गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडाबासीहरुलाई सचेत रहन अनुरोध
कपन अनलाइन
काठमाडौँ, श्रावण ५ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले सार्वजनिक सुचना जारि गरेको छ।
वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ द्वारा हस्ताक्षरित उक्त सुचना मार्फत गोकर्णेश्वर नगरपालिकाको मिति २०७७ श्रावण २ गतेको चलानी नं १२ को पत्रानुसार साउन ४ गते देखि ८ गते सम्म देशभर पानी पर्ने जल तथा मौसम बिज्ञान बिभागको पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाट आम सर्व साधारणलाइ सतर्क रहन सुचना प्रकाशित गर्न निर्देशन भए बमोजिम गोकर्णेश्वर नगरपालिका वडा नं ४ भित्र बसोबास गर्ने सम्पूर्ण वडा बासीहरुलाइ भबिष्यमा आइ पर्ने आपतकालीन सेवाको लागि राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रको सम्पर्क नं ११४९ मा सम्पर्क गर्न हुन र बाढी पहिरोको पुर्व जानकारीका लागि जल तथा मौसम बिज्ञान बिभागको ११५५ नं मा २४ सै घण्टा सम्पर्क गर्न सकिने व्यहोरा समेत जानकारी गराइएको छ।
साथै नदि खहरे, खोल्सा तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण वडा बसिहरुलाई उच्च सतर्कता साथ् रहन समेत अनुरोध गरिएको छ। संग संगै वडा नं ४ भित्र कुनै पनि माथि उल्लेखित प्रकृतिका घटनाहरु घटेमा वडा समितिका पदाधिकारी र विपद व्यवस्थापन समितिका सदस्यहरुलाई जानकारी गराई घटनाको बिवरण टिपाउन समेत सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ