पत्रकारिता सशक्तिकरण अभियानकी अभियन्ता झरना
कपन अनलाइन
काठमाडौं ,असार २९ ।
हरेक विधामा सशक्तिकरणको अति नै महत्व हुन्छ । सशक्तिकरण भएन भने कुनैपनि काम प्रभावकारी हुन्न । यो कुरा राम्ररी बुझेकी झरनाले आफूलाई पत्रकारितालाई सशक्तिकरण गर्दै लगेको कुरा उनको जीवन शैलीले पुष्टि गरेको छ । जब उनको झुकाव पत्रकारितामा बढ्न थाल्यो तब उनी तालिम दिन गाउँगाउँसम्म पुग्ने र महिलाहरुलाई आत्मरक्षाको तालिमका साथै विशेषगरी महिला पत्रकारलाई सधै प्रोत्साहन गर्ने काम तल्लिन हुन थालिन । जुन कामबाट उनका पछिल्ला पुस्ताले ‘प्रेरणाको स्रोत’ भन्दै सम्मान गर्नेको संख्या अधिक रहेको छ । सायद यही प्रेरणाले हुनसक्छ, उनी शसक्तिकरण अभियानमा पनि सरिक हुँदै अघि बढ्दै गईन् ।
आधा आकाशको हिस्सेदार महिलाले चाहेको खण्डमा गर्न नसक्ने भन्ने चिज केहीपनि छैन भन्ने मान्यतामा अडिक रहेर अघि बढेकी झरनालाई विशेषगरी नेपाली महिलाले प्रगती गर्न नसकेको कुराले खिन्न बनाएको उनका अभिव्यक्तिबाट प्रष्ट हुने गरेका छन् । उनी चाहन्छिन् हरेक महिला आफूजस्तै होउन् । आफूजस्तै नमूना बन्न सकुन् ।
त्यसकालागि उनले हरेक सहपाठीलाई आफूले गरेका संघर्ष र मेहनत सुनाउनेमात्र हैन, हौसला पनि दिने गर्दथिन् । जसका कारण उनलाई चिन्ने सबैजसो महिला अधिकारकर्मी र पत्रकारहरुले दिदी भन्ने र हरेक कृयाकलापमा झरनाको आवश्यकता महसुस हुन थाल्यो । यसरी जहाँ ठूलाठूला इभेन्ट त्यहाँ झरनाको उपस्थिति अनिवार्य जस्तै हुनेगर्दथ्यो ।
सायद यही कारण उनको उत्साह बढोत्तरी मात्र भएन, सो उत्साहालाई व्यवहारमा ढाल्दै गएका कारण आज पत्रकारिता तथा सामाजिक क्षेत्रमा उच्चस्थान प्राप्त गर्न सकेकी छन् । उनको लगनशिलता कारण यो भनाई उनकै लागि भनिएको पो हो कि भन्ने भान भएको छ ।
आज झरना दिदीको अभाव खड्किएका छ भन्दै र सम्झँदै उनमा (झरना)रहेको सकारात्मक सोच र कुनैपनि काम सम्पन्न गर्न निरन्तर कोसिस गर्ने हो भने जोकोही व्यक्तिले सफलताको शिखर चुम्न कुनै अप्ठेरो हुँदैन भन्ने उनको व्यवहारबाट सिक्न सकिन्छ भन्छन् नेपालमा रहेका अधिकाँश उनका सहकर्मी तथा सहपाठीहरु ।
अध्ययन र कामको शिलशिलामा हाल अमेरिकामा रहेकी झरना अधिकारीले व्यस्तताका बाबजुद पनि राजनीति र पत्रकारिता सकृय हुँदै आएकी छन् ।
त्यतिमात्रै हैन, विशेषगरी महिलाका हरेक विषयमा उनी निकै चासो राख्थिन र निरन्तर आफ्नो जीवनमा उतार्न सफल भएकै कारण आज उनी सफल पत्रकार, सामाजिक अभियान्ता र राजनैतिक यात्रामा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको कुरा पत्रकारिता,सामाजिक अधियान्ता र राजनैतिक वृत्तमा संलग्न हरेक व्यक्तिले उनले गरेका कृयाकलापप्रति सकारात्मक टिकाटिप्पणी हुने गरेका छन् ।
सायद उनको यही सकृयता र गरेका कृयाकलापको उच्च मुल्यांकन गर्दै सूचना तथा सञ्चार मन्त्रालय, ओमेन एक्ट संस्था, नेपाल प्रेस युनियन, सञ्चारिका समूह, नारी म्यागेजिन, नेपाल उद्योग बाणिज्य संघ चितवनबाट सम्मान हात पार्न सफल भएकी थिईन ।
नेपालमा उच्चशिक्षा सकेर अमेरिकामा बसोबास गर्दै आएकी उनी मिडिया प्वाइन्ट भन्ने संस्थाबाट एकवर्षको तालिम समेत लिएर नेपाली पत्रकारिताको इतिहासमा विशेषगरी नारी विधामा कलम चलाउने महिला पत्रकार मध्ये एक हुन् झरना अधिकारी ।
सायद उनले आजभन्दा १३ वर्ष अघि खनेको गरेटो बाटो आज पिच भएको छ । अर्थात आज उनले देखाएको बाटो हिड्ने महिला पत्रकारहरु प्रसस्तै छन् ।
लामो समय कान्तिपुर पब्लिकेशनमा पत्रकारिता गरेकी उनले नेपाल पत्रकार महाँसंघ कान्तिपुर शाखाको सदस्य र नेपाल पत्रकार महाँसंघको केन्द्रीय सभासद समेत निर्वाचित भएकी झरना एउटी नारी भएर पनि फरक दृष्टिकोण तथा प्रस्तुतिका कारण लोकप्रिय पनि थिईन । आयोजकले चाहेकै ढाँचामा कार्यलाई भव्यरुपमा सम्पन्न गर्नसक्ने अर्थात उनले सञ्चालन गरेका हरेक कार्यक्रमहरु रोमान्टिक र सन्देशमुलक पनि हुने गर्दथे । साथै उनको कलम पनि यसरी नै बग्ने गर्दथ्यो ।
सायद उनको यही सकृयता र गरेका कृयाकलापको उच्च मुल्यांकन गर्दै सूचना तथा सञ्चार मन्त्रालय, ओमेन एक्ट संस्था, नेपाल प्रेस युनियन, सञ्चारिका समूह, नारी म्यागेजिन, नेपाल उद्योग बाणिज्य संघ चितवनबाट सम्मान हात पार्न सफल भएकी थिईन ।
त्यतिमात्रै हैन, विशेषगरी शिक्षा, बजार, सौधर्य, फेसन,समाजसेवा, राजनैतिक, लगायतको क्षेत्रमा कलम चलाएकी झरनालाई विभिन्न संघ÷ संस्थाले पनि गरेको सम्मान गरेका थिए ।
त्यतिमात्रै हैन, सौधर्य नारी सम्मानबाट सम्माननित उनले मिस नेपाल, मिस मारबाडी, मिस नेवा, मास्टर किट्स मिस इपान मेकअप कम्पिटिसन, डिजाइनर कन्टेष्टको निर्णायकको पनि भूमिका निभाएकी थिईन । विभिन्न ब्राण्डको प्रमोशन एवं बजारीकरणमा सहयोग गरेको गरेको अनुभव पनि उनले हासिल गरेकी छन् । यसरी उनका हरेक गतिविधिलाई सरसर्ती मूल्यांकन गर्दा उनलाई पत्रकारिताको सशक्तिकरण अभियानकी अभियान्ताको रुपमा लिन सकिन्छ