कागेश्वरी मनोहरा नगरपालिकामा रोटा खोप संचालन र नियमित खोप सेवा सम्बन्धि १ दिने तालिम सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिकामा रोटा खोप संचालन र नियमित खोप सेवा सम्बन्धि १ दिने तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं असार २७। कागेश्वरी मनोहरा नगरपालिकामा रोटा खोप संचालन र नियमित खोप सेवा मार्फत सरसफाई प्रवर्द्धन सम्बन्धि नगरपालिका स्तरीय १ दिने  तालिम संचालन भएको छ।  नगरपालिका प्रमुख कृष्णहरि थापाले उद्घाटन गरेका थिए । नगरपालिकाका सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई   साउन महिना देखि नियमित खोप कार्यक्रम सन्चालन गर्नको लागि उक्त कार्यक्रम  सन्चालन गरिएको हो।  उक्त कार्यक्रममा  बालस्वास्थ्य माहाशाखाका भरत भण्डारीले  प्रशिक्षण  दिएका थिए ।असार  २३ गते भएको उक्त कार्यक्रमको अध्यक्षता कागेश्वरी मनोहरा नगरपालिका उप पप्रमुख बिन्दु पुडासैनी सिंखडाले गरेकी  थिइन् ।

 बालबालिकाको मृत्युको मुख्य कारकमध्येको एक झाडापखाला र झाडापखाला गराउने मुख्य तत्व रोटा भाइरस विरुद्धको खोप ‘रोटा रिक्स’ सञ्चालनमा ल्याएको छ।  खोप सेवाको माध्यमबाट संक्रामक तथा प्राणघातक रोग नवशिशु धनुष्टङ्कार सन् २००५ देखि निवारणको अवस्थामा रहेको, दादुरा रुवेला, निमोनिया, जापानिज इन्सेफालाइटिस, लहरेखोकी, भ्यागुते रोग, हेपाटाइटिस बी आदि नियन्त्रण गरी नेपालको बाल मृत्युदर उल्लेख्य रुपमा कमी आई सहस्राब्दी विकास लक्ष्य प्राप्तिमा खोप कार्यक्रमको महत्वपूर्ण योगदान रहेको र दिगो विकास लक्ष्य प्राप्तिमा समेत खोप सेवा महत्वपूर्ण रहेको कार्यक्रममा बताइएको थियो।

रोटा भाइरस फोहोरमैला, पानी वा खानामा हुन्छ । यो भाइरस कुनै पनि माध्यमबाट शरीरमा गयो भने झाडापखाला लाग्ने गर्छ । विशेष गरी दिसामा भएको भाइरस खानेकुराको माध्यमबाट शरीरमा प्रवेश गरी झाडापखाला लाग्ने  कार्यक्रममा बताइएको थियो ।बच्चालाई छुनु अघि र केही खुवाउनुपहिले साबुन पानीले राम्रोसँग हातधुने र सरफाईमा विशेष ध्यान दिनु पर्ने कार्यक्रममा बताइएको थियो ।

तपाइँको प्रतिक्रिया ।