बिहीबार कोरोनाका चार सय ७३ जना संक्रमित थपिए

बिहीबार कोरोनाका चार सय ७३ जना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं ,असार १८।

बिहीबार कोरोनाका चार सय ७३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका २५ वटा प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएको जानकारी दिए।

बुधबारसम्म नेपालमा कोरोनाका १४ हजार ४६ जना संक्रमित थिए। त्यो संख्या बढेर बिहीबार १४ हजार पाँच सय १९ जना पुगेको हो।

अहिलेसम्म कोरोना निको भएर पाँच हजार तीन सय २० जना घर फर्किएका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भइसकेको छ।

तपाइँको प्रतिक्रिया ।