चाँगुनारायण नगरपालिकामा आय आर्जनका लागि ५० हजार जडीबुटी र फलफूलका विरुवा रोपिए

चाँगुनारायण नगरपालिकामा आय आर्जनका लागि ५० हजार जडीबुटी र फलफूलका विरुवा रोपिए

कपन अनलाइन 

भक्तपुर ,असार १८।

चाँगुनारायण नगरपालिकाले बृहत् वृक्षारोपण अभियान संचालन गरेको छ ।

नगरपालिका र चाँगुनारायण क्षेत्रभित्रका बिभिन्न सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा आयमुलक प्रजातिका विरुवाहरु रोपेर  वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

वनलाई स्थानीयको बिकास र समृद्धिसँग जोड्ने अभियानका साथ सुरु गरिएको वृक्षारोपण अन्तर्गत ५० हजार बिभिन्न आयमुलक प्रजातिका बिरुवा रोपिएको नगरप्रमुख सोम मिश्रले बताएका छन  ।

डिभीजन बन कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा गरिएको वृक्षारोपणका लागि रु ३३ लाख बराबरको बिरुवा खरिद गरेर  कबुलियत अवधारणा अन्तर्गत गंगादेबी सामुदायिक वन वडा नम्बर ६,कालिका वन सामुदायिक वन उपभोत्ता समिति वडा नं ६ र बहाल सामुदायिक वन उपभोक्ता समिति वडा नं ८ मा बृक्षारोपण अभियान संचालन गरेको प्रमुख मिश्रले जानकारी दिएका छन  ।

जडीबुटी र फलफूलका ५० हजारबाट हुने सम्पूर्ण आम्दानीको ५ प्रतिशत उपभोक्ता समुहलाई, १० प्रतिशत नगरपालिकालाई बुझाई बाँकी आम्दानी सम्बन्धित ब्यक्ति वा समुहले लिने ब्यबस्था गरिएको छ ।

केहि समय अगाडी राहतका लागि काम जस्तो रचनात्मक अभियान संचालन गरेको  चाँगुनारायण नगरपालिकाले  अन्य समुहमा भने १० प्रतिशत नगरपालिकालाई बुझाएर बाँकी समुहलाई आम्दानी हुने गरी बृक्षारोपणको अवधारणा ल्याईएकोजानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।