टोखा नगरपालिकामा पनि सलह देखियो ,एक किलो ल्याउनेलाई ५० रुपैया दिइने

टोखा नगरपालिकामा पनि सलह देखियो ,एक किलो ल्याउनेलाई ५० रुपैया दिइने

कपन अनलाइन 

काठमाडौं ,असार १७ ।

टोखा नगरपालिकामा पनि सलह किरा देखिए पछि  नगरपालिकाले एक सुचना जारि गर्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरी नगरपालिकाले खेतबारीमा थाल, टिन, मादल, लाउडस्पिकर र अन्य आवाज निस्कने साधन बजाएर सलह भागाउन सकिने बताएको छ ।

त्यस्तै खेतबारीमा आगो बालेर धुवाँ निकाल्ने, खेतको दुई छेउमा बसेर डोरी हल्लाउन पनि नगरपालिकाले अनुरोध गरेको छ ।सलह किरा संकलन गरी वडामा बुझाउनेलाई प्रतिकिलो ५० रुपैयाँका दरले प्रोत्साहन रकम दिने पनि नगरपालिकाले घोषणा गरेको छ ।

सानो क्षेत्रको बाली, तरकारी, धानको ब्याड झुलले ढाक्न, सलह बसेको रुख तथा बोटबिरुवा हल्लाएर भागाउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले आग्रह गरेका छन् ।फोटो सौजन्य :न्युज अफ टोखा

तपाइँको प्रतिक्रिया ।