चन्द्रागिरि नगरपालिका वडा नं ४ मा पाठेघर सम्बन्धि स्वास्थ्य शिविर संचालन
कपन अनलाइन
काठमाडौं ,असार १७।
चन्द्रागिरि नगरपालिका वडा नं ४ ले महिलाहरुको पाठेघरको जाँच सम्बन्धि स्वास्थ्य शिविर संचालन गरेको छ।
थानकोट प्राथमिक अस्पतालका डाक्टर मिलन बोम्जनज्युले महिलाहरुमा स्तन क्यान्सर पछि दोश्रो खतरनाक रुपमा रहेको पाठेघरको क्यान्सर रहेको र समयमै चेकजाँच गर्नाले पाठेघर क्यान्सरबाट बच्न सकिने बताएका छन ।
उक्त शिविरको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीज्युले पहिलो चरणमा वडा नं ४ को लगभग १५०-२०० महिलालाई परिक्षण गरिने उक्त शिविरमा दोश्रो चरणमा अन्य वडाका महिलालाई पनि उक्त शिविरको सेवाले लाभान्वित गरिने कुरा जानकारी गराएका छन । सो शिविर च न पा-४ मा अवस्थित प्राथमिक अस्पतालमा संचालन भएको थियो।
तपाइँको प्रतिक्रिया ।