जननेता मदन भण्डारीको ६९ औ जन्म जयन्तीमा बुढानिलकण्ठमा वृक्षारोपण
कपन अनलाइन
काठमाडौं ,असार १४।
मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको आयोजनामा वडा नं ६ को बुढानिलकण्ठ लुड़े खोला कोरिडोर पार्कमा वृक्षारोपण गरिएको छ।
जननेता मदन भण्डारीको ६९ औ जन्म जयन्तीको अवसरमा भएको सो वृक्षारोपण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य युवराज कार्की प्रमुख अतिथि रहेका थिए भने बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल,वडा नं ६ का अध्यक्ष नबिन केसी ,वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
सो वृक्षारोपण कार्यक्रम अगाडी मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठका अध्यक्ष कैलाश खड्का अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले जननेता मदन भण्डारीको योगदानको चर्चा गर्दै श्रदान्जली ब्यक्त गरेका थिए।
तपाइँको प्रतिक्रिया ।