शंखरापुर नगरपालिकाले आव ७६/७७ मा गरेको मुख्य कामहरु

शंखरापुर नगरपालिकाले आव ७६/७७ मा गरेको मुख्य कामहरु

कपन अनलाइन

काठमाडौं असार १३ ।शंखरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष को लागि प्रस्तावित बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराउने उदेश्यले शुक्रबार नगरपालिका भवनमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष हितमान तामाङले शंखरापुर नगरपालिकाले आव ७६/७७ मा गरेको मुख्य क्रियाकलापको बारेमा जानकारी गराएका थिए ।

उनले  शंखरापुर् नगरपालिकाले आव ७६/७७ मा  ५७५ जनाको RDT परिक्षण गरिएको जानकारी दिदै १६२जनाको PCR परिक्षण गरेको बताए ।त्यस्तै क्वारेन्टाइन व्यवस्थापन , विभिन्न दाताहरु संग समन्वय गरि राहत संकलन तथा वितरण गरिएको जानकारी दिदै राहत स्वरुप नगद रकम रु ३६,लाख ५३ हजार ७ सय ८८ संकलन भएको र राहतको लागि बिमल केडिया समूह बाट ४५० पोका राहत प्राप्त त्यस्तै मारवाडी सेवा समिति बाट १३५ पोका राहत सामग्री होमनेट नेपालबाट  अर्थ मन्त्रालयको मापदण्ड अनुसार ३२९ जनालाई स्वास्थ्य सामग्री सहित पोका प्राप्त र राहत तथा क्वारेन्टाइन व्यवस्थापन लगायतमा खर्च रु ४७ लाख६ हजार ६सय २९ भएको जानकारी गराए।

 उनले साक्षर नगरपालिका घोषणा गरि पूर्ण साक्षर तर्फ अगाडी बढिरहेको बताए।त्यस्तै खुल्ला दिसा मुक्त नगरपालिका घोषणा गरि पूर्ण सरसफाई कार्यक्रम अगाडी बढाइएको जानकारी गराए ।उनले सार्वजनिक जग्गा संरक्षण अन्तर्गत वडा नं ८ मा २३७ रोपनी जग्गा संरक्षण र व्यवस्थापन गरिएको जानकारी गराए।उनले साँखु नगरकोट १० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको त्यस्तै कागेश्वरी चक्रपथ अन्तर्गत इन्द्रायणी खण्डको ३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको बताए ।त्यसैगरि बज्रयोगिनी मन्दिरको पुनर्निर्माण सम्पन्न भएको पद्मगिरि महाविहार निर्माण सम्पन्न भएको पनि जानकारी गराए ।त्यस्तै उनले साँखुमा ज्योतिर्लिंगेश्वर मन्दिर तथा अन्य पाटी पौवाहरुको मर्मत संभार तथा निर्माण सम्पन्न भएको बताए ।

 

तपाइँको प्रतिक्रिया ।