६९ औ मदन जयन्तीका अवसरमा वृक्षारोपण कार्यक्रम हुने
कपन अनलाइन
काठमाडौं ,असार १३।
विश्व कम्युनिस्ट आन्दोलनको नवीनतम शिदान्त जनताको बहुदलीय जनवाद मार्फत जनताको लोकप्रिय मतको आधारमा विशाल कम्युनिस्ट पार्टी निर्माणको अभियानको सबल नेतृत्व प्रदान गरेका जननेता मदन कुमार भण्डारीको ६९ औ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।
असार १४ गते मदन जयन्तीका अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको मदन बाटिकामा हुने सो वृक्षारोपण कार्यक्रम बिहान ७ बजे शुरु हुनेछ ।
तपाइँको प्रतिक्रिया ।