बुढानिलकण्ठ -टोखा जोडने सम्पदा सडक निर्माण अन्तिम चरणमा
कपन अनलाइन
काठमाडौं ,असार ८।
बुढानिलकण्ठ र टोखा नगरपालिकाका दुई महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक सम्पदा जोडने बुढानिलकण्ठ -टोखा सम्पदा सडकको निर्माण अन्तिम चरणमा पुगेको छ।
काठमाडौं उपत्यकाको उत्तरी भेगका बुढानिलकण्ठ मन्दिर र टोखा चंडेश्वरी मन्दिर जोड्ने यो सडक निर्माण पश्चात सो क्षेत्रका स्थानीय र आन्तरिक धार्मिक पर्यटकहरु लाभान्वित हुनेछन।
बुढानिलकण्ठ मन्दिर दर्शन गरेर टोखा चंडेश्वरी मन्दिर जानका लागि स्थानीय तथा पर्यटकहरुले निकै लामो दुरी र धेरै समय खर्च गर्नुपर्ने बाध्यता बाट यस बाटोले मुक्ति दिने एक स्थानीयले बताएका छन।
यो संगै दुवै नगरपालिकाका उत्तरी भेगमा रहेको निकुन्ज बाट हिड्नु पर्ने समस्या बाट पनि स्थानीयहरू मुक्ग्त हुने भन्दै उनले खुसि व्यक्त गरेका छन।
संघीय ,प्रदेस तथा स्थानीय सरकारले प्राथमिकतामा राखेको यो सडक निर्माण सम्पन्न भए संगै सो क्षेत्रको पर्यटन प्रवर्धनमा निकै ठुलो सहयोग पुग्ने एक पर्यटन व्यवसायीले बताएका छन।दुवै नगरपालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने मुख्य कडी सो सडक बन्ने भन्दै उनले यसले दुई नगरका सम्पदा जोड्न मुख्य भूमिका खेल्ने विस्वास व्यक्त गरेका छ।