बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का १०० विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं ,असार ६।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का १०० विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरिएको छ। स्थानीय समाजसेवी मुकुन्द भट्टराईको संयोजनमा बौद्ध सेतो गुम्बा द्वारा प्रवर्द्धित सामाजिक संस्था रांगजुंग येशे शेन्पेनले सो राहत सहयोग गरिएको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का सदस्य तथा नगर कार्यपालिका सदस्य शान्ता ढकाल ,वडा सदस्य पुरुषोत्तम नेपाल ,वडा सदस्य मिना बयलकोटी लगायतको उपस्थितिमा वडाको खरिबोटको वुशु क्वानमा सो खाद्यान्न सहयोग वितरण गरिएको थियो।
उक्त अवसरमा चामल ,दाल ,नुन ,तेल ,मस्यौरा लगायतका खाध्य सामाग्री वितरण गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।