कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा शाखा समितिको बैठक सम्पन्न
कपन अनलाइन
काठमाडौं असार ६ ।कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा शाखा समितिको बैठक असार ४ गते सम्पन्न भएको छ ।नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको बैठकले लकडाउनको कारण लामो समय पश्चात बसेको बैठकले शैक्षिक सत्र २०७७ का लागी हाल Covid 19 का कारण यस बिषम परिस्थितिमा यदि काठमाणडौ उपत्यकामा Covid 19 को प्रभाब यथास्थिति रहेमा बिध्यालय संचालनमा यो आषाढ महिनामा यस कागेश्वरी मनोहरा नगरपालिका भित्र संचालनमा रहेका सामुदायिक बिध्यालय र संस्थागत बिध्यालय हरूले बिध्यालयको हाता भित्र बिध्यालसको सरसफाई गर्ने Disinfection गर्ने र नगरपालिकाले सामुदायिक बिध्यालय र संस्थागत बिध्यालयका सम्पुर्ण शिक्षक, कर्मचारी, कार्यालय सहयोगी र सबारी चालक सबैको PCR नगरपालिकाको स्वास्थ्य शाखाले गरिदिने निर्णय भएको नगर प्रमुख थापाले बताए।
२०७७ श्रावण १ गते देखी बिध्यालयले आफ्नो बिध्यार्थी संख्याको आधारमा दैनिक २ सिफ्टमा बिहान ६ कक्षा देखी १० कक्षा सम्म ७ बजे देखी १० बजे र दिउसो ECD देखी कक्षा ५ सम्म ११ बजे देखी २ बजे सम्म कक्षा संचालन गर्न सकिने अथबा १ दिन कक्षा संचालन र १ दिन Virtual कक्षा संचालन गर्ने गरी पनि बिंध्यालय संचालन गर्न सकिने निर्णय नगर कार्यापालिकामा सिफारिस गर्ने निर्णय भएको पनि बताए ।साथै शुल्क निर्धारणमा कुनै पनि बिध्यालयले गत बर्ष लिएको शुल्क लाईनै यथावत गर्नु पर्ने ,। बिध्यालयले लक डाउन का कारणले बन्द रहेको अबघिमा अभिभावक संग समन्वय गरि बढिमा ५०% प्रतिशत सम्म रकम लिन सकिने र सो को बिवरण नगर शिक्षा शाखामा पेश गर्नु पर्ने गरि सबै बिकल्पका लागी कागेश्वरी मनोहरा नगरपालिकको कार्यपालिका बैठकमा सिफ़ारिश गर्ने गरी निर्णय भएको जानकारी गराए ।
कार्यक्रममा नगरपालिका भित्र संचालित सामुदायिक तथा संस्थागत बिध्यालयका प्रधानाध्यापक शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो