नेपालको नयाँ नक्सा संबैधानिक रुपमा संस्थागत भएको खुसीयालीमा गोकर्णेश्वर ८ मा दिप प्रज्वलन
कपन अनलाइन
काठमाडौं असार ३। भारतले कब्जा गरेको नेपाली भूमि कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको नयाँ नक्सा संबैधानिक रुपमा नेपालको नक्सामा समेटिएको खुसीयालीमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित मेडिकल कलेज चोकमा रास्ट्रिय झण्डा सहित मंगलबार साँझ दिप प्रज्वलन गरिएको छ ।
प्रतिनिधिसभाको बैठकले नयाँ नक्सा समेट्ने बिधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएपछि सो को खुसियालीमा नयाँ नक्साको चित्र बनाइ दिप प्रज्वलन गरिएको थियो ।परिवर्तनशिल महिला समाज सहित स्थानीय बिभिन्न संघ संस्थाहरुको साथै स्थानीयको स्व स्फुर्त उपस्थितिमा दीप प्रज्वलन गरिएको होराष्ट्रिय स्वाधिनताको मुद्दामा नेपालका सबै राजनीतिक शक्ति एकतावद्ध भएकोमा नागरिकमा खुसीयाली छाएको छ ।
उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, समाजसेवी तथा युवा नेता बिमल ठकुरी , नेपाल भलिबल संघका उपाध्यक्ष एबम लायन्स क्लबका पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी ,समाज सेवी भावना ठकुरी,परिवर्तनशिल महिला समाजकी अध्यक्ष लक्ष्मी पुडासैनी सहितका पदाधिकारी , अत्तरखेल महिला समाजका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो।राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा नेपालको कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको नक्शा बनाएर सम्मान प्रकट गर्दै खुसियाली प्रकट गरेका थिए।दिप प्रज्वलनमा उपस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण रहेको बताएका थिए ।
‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू-भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव शनिबार संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण दिनका रूपमा रहेको सहभागीहरुले बताएका थिए ।