संयुक्त रास्ट्र संघका नेपाल प्रमुख सहितको टोलि द्वारा छहारी भवनको क्वारेन्टाइन निरीक्षण
कपन अनलाइन
काठमाडौं ,असार ३।
बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको छहारी भवनमा रहेको क्वारेन्टाइनको संयुक्त रास्ट्र संघका नेपाल प्रमुख भ्यालेरी जुलियार्ड (Valerie Julliand ) सहितको टोलीले निरीक्षण गरेको छ।
विदेस बाट फर्किएका महिलाहरु राखिएको छहारी भवनको व्यवस्थापन,सुविधा तथा अन्य सेवाहरुको वारेमा जानकारी लिइएको सो अवसरमा Country Representative वेन्नी कासुमा ( Wenny Kusuma) ,युएन वुमनका प्रतिनिधि ,महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
सो टोलि संग क्वारेन्टाइन व्यवस्थापनक वारेमा गहिरो छलफल भएको WHR कि संस्थापक अध्यक्ष लिली थापाले बताएकी छन।सो अवसरमा विदेस बाट नेपाल फर्किएका महिलाहरुलाई स्वरोजगार बनाएर नेपालमै केहि गर्न सक्ने वातावरण बनाउने वारेमा गहन छलफल भएको जानकारी दिदै थापाले छहारी भवनको संयोजनमा दैनिक निशुल्क भोजन अभियान पनि निरन्तर जारि रहेको बताएकी छन।