मेलम्ची खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता

मेलम्ची खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता

कपन अनलाइन

सिन्धुपाल्चोक , जेष्ठ ३२/ दिपक विक्रम देउजा

मेलम्ची नगरपालिका वडा -११ मेलम्ची र इन्द्रावती नदिको संङ्गममा पौडी खेल्ने क्रममा मेलम्ची नगरपालिका वडा नम्बर ११ का १८ वर्षीय युवक बेपत्ता भएका छन ।
सो नगरपालिकाको बगैंचा निवासी निरञ्जन श्रेष्ठका छोरा वर्ष १८ का सृजन श्रेष्ठको पौडी खेल्ने क्रममा मेलम्ची इन्कोद्रावती नदि  दोभान बाट बगाएर बेपत्ता भएका हुन।
तिन  जना साथीहरूका साथ पौडी खेल्न गएका श्रेष्ठ बेपत्ता भएको जानकारी दिदै इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङले  नेपाली , सेना प्रहरी सहित स्थानीय समेतको टोली अहिले खोजी कार्य जारी रहेको बताएका छ्न।

तपाइँको प्रतिक्रिया ।